CLI

इंग्ल्यान्ड भ्रमणमा भारतको यो पहिलो जित, पहिलाे एकदिवसिय खेलमा ६ विकेटले विजयी

काठमाडौं । कप्तान शुभमन गिलको अविजित ८० रन र अक्षर पटेलको अलराउन्ड प्रदर्शनको मद्दतमा भारतले इंग्ल्यान्डलाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा ६ विकेटले पराजित गरेको छ । यसपटकको इंग्ल्यान्ड भ्रमणमा भारतको यो पहिलो जित हो। इड्गबास्टनमा भएको खेलमा इंग्ल्यान्डले दिएको २ सय ५९ रनको लक्ष्य भारतले ४५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

भारतको जितमा गिलले अविजित ८० रन बनाए । अक्षर पटेल ५७ र वासिङ्टन सुन्दर ५२ रनमा अविजित रहे। अक्षर र वासिङ्टनले पाँचौं विकेटका लागि अविजित १ सय २ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । गिलले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै भारतको इनिङ्स सम्हाले। उनले रोहित शर्मा र विराट कोहली सस्तैमा आउट भए पनि श्रेयस अय्यरसँग १ सय १ रनको महत्वपूर्ण साझेदारी गरे।

यद्यपि, ८० रनमा पुगेपछि खुट्टामा क्र्याम्पका कारण उनी ‘रिटायर्ड हर्ट’ भए। उनले दोस्रो ओडिआईसम्म आफू फिट हुने विश्वास व्यक्त गरेका छन्। भारतका लागि रोहित र कोहलीले भने अपेक्षित प्रदर्शन गर्न सकेनन्। रोहित ११ रनमा आउट भए भने कोहली केवल ५ रनमा पेभिलियन फर्किए।

त्यसपछि अय्यर ३५ रनमा रनआउट भए र केएल राहुल १ रनमा आउट भए । त्यसपछि अक्षर र वासिङ्टनले कुनै दबाब महसुस नगरी टोलीलाई जितसम्म पुर्याए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ४८ ओभरमा २ सय ५८ रनमा समेटिएको थियो। एक समय १०७–६ को कठिन अवस्थामा पुगेको इंग्ल्यान्डका लागि जो रुटले अविजित ७६ रन बनाए । लियम डसनले ६८ रन जोडे। दुवैले सातौं विकेटका लागि १‌सय २१ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए।

भारतका लागि अक्षरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै प्रसिद्ध कृष्णले र गुरनूर ब्रारले‌ समान २ तथा जसप्रित बुमराह र शिभम दुबे समान १ विकेट लिए।

इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि उनको टोलीले खराब सुरुआत गर्यो। ८० रनमै ५ विकेट गुमाएपछि घरेलु टोली दबाबमा परेको थियो। जो रुट र लियम डसनको साझेदारीले मात्र इंग्ल्यान्डलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्यायो।

 

Leave Your Comment

Related News