CLI

फ्रान्सबाट ब्राजिल हुँदै नेपाल आइपुग्यो बुद्ध एयरको नयाँ विमान , कसरी विकसित गरिएको थियो ‘एटीआर’ ७२ ? विस्तृतमा

काठमाडौं । नेपालको अग्रणी निजी विमानसेवा कम्पनी बुद्ध एयरले आफ्नो बेडा मा नयाँ विमान ‘एटीआर’ ७२ ( ATR 72) थपेको छ। ‘9N-AOS’ दर्ता नम्बर पाएको यो विमान फ्रान्सको टुलुज  मा बनेको हो। प्लेनस्पटर्सको को पछिल्लो तथ्याङ्क अनुसार यस विमानको उमेर १४.४ वर्ष रहेको छ। १४ वर्ष परानो भए पिन यस विमानको कुनै पनि ठूला वा घातक दुर्घटनाको इतिहास छैन ।

विमानको प्राविधिक विशेषता र क्षमता

फ्रान्सको मुख्य उत्पादन केन्द्र टुलुजमा MSN 992 सिरियल नम्बरसहित निर्माण भएको यस विमानले परीक्षणका क्रममा F-WWLR कलसाइन प्रयोग गरेको थियो। दुईवटा PWC (Pratt & Whitney Canada) इन्जिनयुक्त यो ६८ सिट क्षमताको विमान विभिन्न देशका एयरलाइन्स हुँदै अहिले बुद्ध एयरको स्वामित्वमा आइपुगेको हो । नेपालजस्ता कठिन भौगोलिक बनावट र छोटा धावनमार्ग भएका पहाडी विमानस्थलहरूमा उडान भर्न यो इन्जिन अत्यन्तै प्रभावकारी मानिन्छ।

नेपालमा उड्ने एटीआर र ट्विन अटर जस्ता प्रमुख विमानहरूमा यिनै दुईवटा पीडब्ल्यूसी इन्जिनको प्रयोग गरिएको हुन्छ। यसले उच्च उचाइ र प्रतिकूल मौसममा पनि उत्कृष्ट कार्यक्षमता, इन्धन बचत र दोहोरो सुरक्षा सुनिश्चित गर्दछ।

ब्राजिलदेखि फ्रान्ससम्मको यात्रा र उडान इतिहास

सन् २०१२ मा फ्रान्सको टुलुज शहरमा MSN 992 सिरियल नम्बरसहित निर्माण भएको यस ATR 72 विमानले आफ्नो उडानको सुरुआत ब्राजिलबाट गरेको थियो। निर्माणपछि मार्च २०१२ मा यस विमानलाई ब्राजिलियन एयरलाइन्स ‘ट्रिप लिन्हास् एरिआस्’ लाई लिजमा उपलब्ध गराइएको थियो, जहाँ यसले PR-TKL रजिस्ट्रेसन नम्बर पाएको थियो।

त्यसको एक वर्षपछि, सन् २०१३ को मार्च महिनादेखि ब्राजिलकै अर्को वायुसेवा कम्पनी ‘अजुल एयरलाइन्स’ ले यसलाई सञ्चालन गर्न थाल्यो। अजुल एयरलाइन्सले १२ वर्षभन्दा बढी समय सफलतापूर्वक सेवा दिएपछि सन् २०२५ मे सम्म नियमित उडान भरेको यो विमानलाई नोभेम्बर ३, २०२५ मा सेवाबाट हटाई भण्डारणमा राखियो। त्यसपछि २०२५ नोभेम्बरदेखि २०२६ जुलाईको अवधिमा ब्राजिलका पाम्पुल्हा (PLU), कन्फिन्स (CNF) र फ्रान्सको कार्कासोन (LBFB) विमानस्थलहरूमा भण्डारण गरी राखिएको थियो।

लिज अवधि सकिएपछि सन् २०२६ को मे महिनामा यो विमान अन्तर्राष्ट्रिय लिजिङ कम्पनी DAE Capital मा फिर्ता भयो र त्यस समयमा यसले अस्थायी रजिस्ट्रेसन 2-RTKL प्राप्त गर्यो। अन्ततः सन् २०२६ को जुलाई महिनामा नेपालको निजी वायुसेवा कम्पनी बुद्ध एयरले यस विमानलाई लिजमा भित्र्याएको छ। नेपाल आगमनसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले यस विमानलाई ‘9N-AOS’ रजिस्ट्रेसन नम्बर प्रदान गरी सञ्चालनको अनुमति दिएको छ।

बुद्ध एयरको आगामी योजना र थप विमान

आवश्यक कागजी प्रक्रिया र नागरिक उड्डयन प्राधिकरण (CAAN) को प्राविधिक परीक्षण पूरा भएपछि यो विमानले छिट्टै नेपालका विभिन्न आन्तरिक गन्तव्यहरूमा व्यावसायिक उडान सुरु गर्नेछ।

बुद्ध एयरले अर्को एटीआर–७२–६०० जहाज अगस्ट अन्त्य वा सेप्टेम्बरको सुरुतिर भित्र्याउने तयारी गरेको छ । साथै आगामी केही महिनाभित्र यही सिरिजका थप दुई जहाज थप्ने योजना पनि कम्पनीको छ ।

हाल बुद्ध एयरसँग एक एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एक एटीआर–७२–६०० गरी १७ वटा जहाज सञ्चालनमा छन् । कम्पनीले हाल आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी उडान तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौं–वाराणसी र काठमाडौं–कोलकाता नियमित उडान सञ्चालन गर्दै आएको छ ।

Leave Your Comment

Related News