काठमाडौं । खराब प्रदर्शनका कारण नेदरल्यान्ड्स र नामिबियासँग लगातार हार बेहोरेपछि, नेपालले आज युट्रेक्टमा दिउँसो २:४५ बजे सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ।
अघिल्ला दुवै खेलमा बराबर १५७ रनको लक्ष्य रक्षा गर्न नसक्दा नामिबियासँग ८ विकेट र नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएपछि शीर्ष चारभित्र पर्दै विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने नेपालको सम्भावना संकटमा परेको छ।
३० खेलबाट २४ अङ्क जोड्दै नामिबियासँगै अंकतालिकाको तल्लो आधा भागमा रहेको नेपाललाई प्रत्यक्ष छनोटको आशा जीवितै राख्न आजको भिडन्त र बुधबार नेदरल्यान्ड्सविरुद्ध हुने चौथो खेल जित्नैपर्ने तीव्र दबाब छ।


