सुनको मूल्य बढ्यो
काठमाडौं । बुधबार सुनको मूल्य १८ सय रुपैयाँले बढेको छ। मंगलबार प्रति तोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १ लाख ४७ हजार ८०० कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ। चाँदी प्रति तोला १ हजार ७८० रुपैयाँ प्रति तोला कारोबार भइरहेको छ।

