अस्ट्रेलिया भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल, भ्रमणको उपलब्धी के ?

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार नेपाल फर्किएका छन् । भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ । […]

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्रलगायत पहिचान खुल्ने अन्य कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले असोज २३ गते राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक […]

भोलिबाट उपत्यकाका ६ स्थानबाट एलपी ग्यासको विशेष बिक्री र सिलिन्डर साटफेर हुने

काठमाडौं । चाडपर्वका बेला उपभोक्तालाई एलपी ग्यास सहज रूपमा उपलब्ध गराउन काठमाडौं उपत्यकाका ६ स्थानबाट विशेष बिक्री वितरण तथा ग्यास सिलिन्डर साटफेरको व्यवस्था गरिने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिनेछ। ती केन्द्रहरू बिहान ९:३० बजेदेखि […]

ठगी आरोपमा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार खड्का पक्राउ

काठमाडौं । जीटूजीबाट इजरायलमा केयरगिभरमा पठाइदिने प्रलोभन देखाई साढे दुई करोड रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रामेछापकी विनिता खड्का पनि पक्राउ परेकी छन् । यो प्रकरणमा यसअघि चारजनालाई सीआईबीले पक्राउ गरिसकेको छ । उनी विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । खड्का कांग्रेसको जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदकी खुला महिला तर्फकी उम्मेदवार समेत […]

गगन थापालाई शुभकामन दिदै खड्गीले भने- सबैले पार्टीभित्र आफ्नो सम्मान र अपनत्व पाएको अनुभूति गर्न सकून्

काठमाडौं । नेपाली कांग्रेसको जारी पन्ध्रौँ महाधिवेशनमा सभापति पदमा पराजित श्यामकृष्ण खड्गीले बहुमतले विजयी गगन थापालाई शुभकामना दिएका छन्। शनिबार बिहान सार्वजनिक मतपरिणामअनुसार उनी गगनसँग भारी मतान्तरले हारेका छन्। ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा मेरो प्रिय मित्र श्री गगनकुमार थापाज्यू उहाँ र मबिच भएको मित्रवत् प्रतिस्पर्धामा विजयी हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको […]

इन्टरनेटको बढी शुल्क लिए कारबाही गर्ने चेतावनी : दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जनाएको छ। इन्टरनेटको शुल्क नबढेको स्पष्ट पार्दै प्राधिकरणले स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको हो। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल […]

गगन थापालाई शुभकामन दिदै भट्टराईले भने- दूषित सत्ता गठबन्धनको अत्यासलाग्दो म्युजिकल चियरबाट मुलुकलाई मुक्त गर्नुपर्ने छ

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराई थापा र शर्मालाई बधाई तथा शुभकामना दिएका हुन् । नेता भट्टराईले थापा र शर्मा आशा, भरोसा र विश्वासको जगमा नेतृत्वमा आएको बताउँदै उनीहरूले त्यसलाई टुट्न दिन नहुने […]

अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौं । रातभरिको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । सडक विभागका अनुसार राजमार्गको निर्माणाधीन खण्डअन्तर्गत मङ्गलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ नार्के र पिनथलीको बीचमा लेदो खसेर सडक अवरुद्ध भएको थियो । वर्षाका कारण सडकमा थुप्रिएको लेदो पन्छाएपछि रोकिएका सवारी साधनहरू सञ्चालनमा आएका छन् । सडक खुला भएसँगै रोकिएका यात्रु […]

बैंकका शाखा समायोजन गर्दा कर्मचारी हटाउन नपाइने, ९० दिनअघि सूचना दिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन वा एकीकरण गर्दा कर्मचारी कटौती गर्न नपाउने व्यवस्था गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले शाखा समायोजनका क्रममा कर्मचारीको रोजगारी सुरक्षित गर्न नयाँ व्यवस्था लागू गरेको हो । संशोधित निर्देशनअनुसार शाखा समायोजन वा एकीकरण हुने वा भइसकेको कारण देखाएर सम्बन्धित शाखामा कार्यरत […]

सेबोनको ५ प्रतिशत र १५ दिने निर्देशन संशोधनः १५% वा बढी बेच्दा ५ कारोबार दिनअघि सूचना दिनु पर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी निर्देशन संशोधन गरेको छ । बोर्डले निर्देशन संशोधन गर्दै पूर्वसूचना दिनुपर्ने सीमा र समयावधि परिवर्तन गरेको हो । अब सम्बन्धित निर्देशनको दायरामा पर्ने आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी बिक्री गर्नुपरेमा ५ कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ । साबिकको निर्देशनमा […]