एन्फाका अध्यक्ष र महासचिवविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत ललितपुरले दुवै जनालाइ पक्राउ गर्ने आदेश दिएको स्रेस्तेदार भेषराज कोइरालाले जानकारी दिए । जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले आदेश दिएको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

काठमाडौं । सरकारले भिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्नेसहित चार वटा निर्णय गरेको हो। बैठकले विश्व बैंकसँग ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफी बन्ड’ सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ। त्यस्तै, […]

सडक भासिएपछि पृथ्वी राजमार्गमा यातायात ठप्प

काठमाडौं । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न शुक्रबार साँझदेखि अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सवारी आवागमन रोकिएको हो। कार्यालयले सूचना जारी गर्दै उक्त सडकखण्ड भएर सञ्चालन हुने सबै सवारीसाधनको आवागमन […]

शहरमा ४ वटा शाखा गाभे ग्रामीण वडामा एउटा नयाँ शाखा खोल्नै पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको शाखा समायोजन, एकीकरण र स्थानान्तरण सम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै नयाँ नीतिगत निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकको ‘बैंक तथा वित्तीय संस्था नियमन विभाग’ ले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि यो कडाइका साथ लागू हुने […]

काठमाडौं उपत्यकामा शनिबार र आइतबार विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौं । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको तार परिवर्तन गर्ने कामका कारण शनिबार र आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले असोज २४ र २५ गते प्रसारण लाइनको पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागेको हो। यसका लागि दुवै दिन […]

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

काठमाडौं ।  यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले तनहुँमा घर, सडक, पुल, खानेपानी, विद्युत्, कृषि तथा पशुपक्षीमा क्षेत्रमा क्षति पुर्‍याएको छ । बाढीले जिल्लाका विभिन्न स्थानमा झोलुङ्गे तथा पक्की पुल, कल्भर्ट, सडकलगायत संरचनामा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख […]

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । नेपाली उत्पादनमा पर्याप्त सम्भावना भए पनि प्रभावकारी ब्रान्डिङको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको उनको भनाइ छ । ‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक […]

अस्ट्रेलियाकी गभर्नर-जनरलसँग परराष्ट्रमन्त्री खनालको भेट: जलवायु र शिक्षा क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालले अस्ट्रेलियाकी गभर्नर-जनरल साम मस्टिन (AC) सँग शिष्टाचार भेटवार्ता गरेका छन्। अस्ट्रेलियाको क्यानबेरास्थित गभर्नमेन्ट हाउसमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, जलवायु परिवर्तन र शैक्षिक सहकार्यबारे महत्वपूर्ण छलफल भएको छ। भेटका क्रममा गभर्नर-जनरल मस्टिनले भोटेकोशी उपत्यकाको विनाशकारी विपद्का साथै हालैको बाढी र पहिरोका कारण नेपालले व्यहोरेको क्षतिप्रति गहिरो दुःख व्यक्त […]

लगानी बोर्डको ६८औँ बैठक: दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रूपैयाँ लागतको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८.९ मेगावाट) र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रूपैयाँ लागतको सानी भेरी–३ अर्धजलाशययुक्त […]

अन्तरप्रदेश सार्वजनिक सवारीको भाडादर समायोजन: तराई र पहाडका रुटहरूमा भाडा बढ्यो, तोकिएभन्दा बढी लिए कारबाही हुने

काठमाडौं ।  यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरी अन्तरप्रदेश रुटहरूमा नयाँ भाडादर लागू गरेको छ। स्वचालित प्रणाली तथा पेट्रोलियम पदार्थ र सञ्चालन खर्चका आधारमा विभागले तराई र पहाडी क्षेत्रका लामा तथा छोटा दूरीका रुटहरूमा भाडादर परिमार्जन गरेको हो। नयाँ समायोजनअनुसार तराईका लामो दूरी (२५० किमीभन्दा बढी) पक्की तथा ग्राभेल बाटोमा चल्ने यात्रुवाहक […]