केपीओली द्वारा पोखरामा बस दुर्घटनामा विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त 

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका  छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत दुर्घटनामा ज्यान गुमाउने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका  छन् । अध्यक्ष ओलीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना […]

त्रिशूली–भोटेकोशी बाढीपीडितका लागि कुमारी बैंकका कर्मचारीको ४५ लाखभन्दा बढी सहयोग

काठमाडौं । त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न कुमारी बैंक लिमिटेडका कर्मचारीले आफ्नो तलबबाट स्वेच्छिक रूपमा रकम संकलन गरी ४५ लाख ९७ हजार ३५३ रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।बैंकका कर्मचारीले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त रकम बाढीबाट प्रभावित समुदायको राहत, उद्धार […]

अनलाईन (जुवा) सट्टाबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ

काठमाडौं ।अनलाईन (जुवा) सट्टाबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-३ घर भएका २२ वर्षीय बिक्की कुमार महतोलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनले वानएक्स वेट र Mobcash Applicatin बाट सट्टाबाजी गरेको/गराएको साथै USDT लगायत अभौतिक मुद्दा (Crypto Currency) को कारोबार गरी हालसम्म ३ करोड […]

लामो अन्योलपछि निजगढस्थित लालबकैया नदीको पुल सञ्चालनको अन्तिम चरणमा

काठमाडौं ।  रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् । मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता […]

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

काठमाडौं । दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरियामा गोप्य रूपमा पठाइएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनका लागि आफ्नो राजदूत फिर्ता बोलाउने घोषणा गरेको छ । राष्ट्रपति ली जे म्युङले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धबन्दीको स्थानान्तरण सार्वजनिक गरेकोमा माफी नमागे थप कदम चाल्ने चेतावनी दिएका थिए । यद्यपि, युक्रेनले विवादका बाबजुद वार्ताका लागि तयार रहेको जनाएको […]

सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२६३ प्रतिशत लाभांश पारित

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २२ गते बिहीबार एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा सम्पन्न साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले बैंकको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसाको […]

आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ, ७८ प्रतिशत भन्छन् किफायती घर छैन

काठमाडौं । नेपालमा ७० प्रतिशत मानिसलाई आवाससम्बन्धी खर्च धान्न कठिन हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । आवासको बढ्दो लागतसँगै सुरक्षित बसोबास, घरको स्वामित्व र प्राकृतिक विपद्को जोखिम नेपाली परिवारका लागि प्रमुख चुनौती बनेको अध्ययनको निष्कर्ष छ ।ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट ? ग्लोबल हाउजिङ रिसर्च २०२६’ प्रतिवेदनअनुसार नेपालमा […]

एन आई सी एशिया क्यापिटलद्वारा पोखरामा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । “विश्व लगानीकर्ता सप्ताह, २०२६” को अवसरमा एन आई सी एशिया क्यापिटलले मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम त्रिवेणी इन्टरनेशनल कलेज, पोखरामा सम्पन्न गरेको छ । एन आइ सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा “विश्व […]

कोरलानाकाबाट ५४३ टन फलफूल आयात

काठमाडौं । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ । नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरलानाकाबाट उक्त परिमाणमा चिनियाँ फलफूल भित्रिएको जनाएको हो । क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो एघार दिनमा कोरलानाका हुँदै […]

‘देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य’ : सञ्चार मन्त्री डा. तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन् । नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उनले युवाको ज्ञान, सीप, सृजनशीलता […]