कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । खुलामा नौँ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको हो । दुई हजार ३९० मत गणना गर्दा खतिवडाले एक हजार ७५ मत पाएका छन् भने […]

सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई आरओ प्रणाली सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई ‘रिभर्स ओस्मोसिस’ (आरओ) प्रणाली उपलब्ध गराएको छ। सुदूरपश्चिम प्रदेशका मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामीलाई प्रदान गरिँदै आएको डायलासिस सेवालाई थप सुरक्षित, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले बैंकले अस्पताललाई उक्त प्रणाली सहयोग गरेको जनाएको छ। डायलासिस प्रक्रियामा प्रयोग हुने […]

पाकिस्तानमा खानको पार्टीका २७८ सदस्य पक्राउ

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ । दुई प्रहरी अधिकारीका अनुसार खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा उनीहरूले आइतबारदेखि पार्टीका सदस्यहरूलाई हिरासतमा […]

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता: सुरक्षित यात्राका लागि सचेतना अभियान तीव्र

काठमाडौं । दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन वृद्धि हुने र यात्राका क्रममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सचेतना अभियानलाई तीव्रता दिएकोछ ।चाडपर्वका समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण, यात्रुलाई सहज र सुरक्षित यात्रा […]

प्रस्तावित राजदूत पाण्डेको प्रतिवद्धता : व्यापार घाटा घटाउन र भारतीय लगानी भित्र्याउन पहल गर्छु

काठमाडौं । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल–भारत व्यापार घाटा घटाउन निर्यात प्रवर्द्धन, ऊर्जा व्यापार विस्तार र भारतीय लगानी आकर्षित गर्ने योजनालाई प्राथमिकता दिएका छन्। उनले नेपाललाई सूचना प्रविधि, सफ्टवेयर निर्यात, अन्तर्राष्ट्रिय कल सेन्टर र डाटा सेन्टरको केन्द्रका रूपमा विकास गर्न भारतीय लगानी भित्र्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार संसदीय सुनुवाइ समितिमा […]

पराजुलीले उजुरीमार्फत् भने : जापानका लागि प्रस्तावित राजदूत थापाले जापानको पीआर लिएका छन्

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। जापानमा स्थायी आवासीय अनुमति (पीआर) र घरसम्पत्ति रहेको तथा राजनीतिक निकटताका आधारमा राजदूतमा सिफारिस गरिएको आरोप लगाउँदै उनको नाम अनुमोदन नगर्न माग गरिएको हो। जापानमा बसोबास गर्दै आएका अरुण पराजुलीले इमेलमार्फत समितिमा उजुरी दर्ता गराएका हुन्। उनले थापाको जापानमा रहेको आवासीय […]

मालढुङ्गा पुलमा अस्थायी सडक मर्मत गरी यातायात सञ्चालनमा

काठमाडौं ।  कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलमा आजदेखि यातायात पुन सञ्चालनमा आएको छ। बाढीले पुलको ३० मिटर एप्रोच सडकमा पुर्याएको क्षतिलाई मर्मत गरी अस्थायी संरचना निर्माण गरेसँगै अवरुद्ध यातायात सेवा सुचारु गरिएको हो। उक्त क्षतिग्रस्त सडक तथा अवरुद्ध यातायात पुनः सञ्चालनमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र […]

अर्थ मन्त्रालय अन्तर्गतका ८५ उपसचिवको सरुवा, सुरुवा हुने ठूलो संख्यामा २४ जना प्रमुख कर अधिकृत

काठमाडौं । अर्थ मन्त्रालयले राजस्व प्रशासनमा व्यापक फेरबदल गर्दै राजस्व समूहका ८५ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले असोज २३ गते सरुवासम्बन्धी निर्णय गरेको हो । मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृतहरूको सरुवा गरेको हो। सरुवा हुनेमा २७ जना उपसचिव, १७ जना निर्देशक, २४ […]

कक्रोज जनता पार्टीका नेताहरूद्वारा नयाँ विरोध प्रदर्शनको मिति माग गर्दै दिल्ली पुलिससँग भेट

काठमाडौं ।  कक्रोज जनता पार्टी (सीजेपी) का दुई शीर्ष नेताहरू आशुतोष राङ्का र सौरभ दासले मुख्य निर्वाचन आयुक्त ज्ञानेश्वर कुमारविरुद्धको आगामी विरोध प्रदर्शनका लागि नयाँ मिति तय गर्न माग गर्दै दिल्ली पुलिसका अधिकारीहरूसँग भेट गरेका छन्। सीजेपी नेताहरूले यदि प्रहरीले उनीहरूको यस मागमा २४ घण्टाभित्र कुनै जवाफ नदिएमा पार्टीले आफैँ प्रदर्शनको घोषणा गर्ने चेतावनी दिएका […]

बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु : गोविन्द भट्टराई

काठमाडौं ।  नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् । उपसभापति खुलामा उम्मेदवार रहेका भट्टराईले पराजित भएपछि मतदातालाई धन्यवाद दिँदै पार्टीको जिम्मेवारी सम्हाल्न आफूलाई धेरैले विश्वास गरे पनि अझ धेरैको विश्वास जित्न आवश्यक रहेको बताए । ‘१५ औँ महाधिवेशनमा ममाथि विश्वास गरेर […]