अर्थ मन्त्रालय अन्तर्गतका ८५ उपसचिवको सरुवा, सुरुवा हुने ठूलो संख्यामा २४ जना प्रमुख कर अधिकृत

काठमाडौं । अर्थ मन्त्रालयले राजस्व प्रशासनमा व्यापक फेरबदल गर्दै राजस्व समूहका ८५ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले असोज २३ गते सरुवासम्बन्धी निर्णय गरेको हो । मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृतहरूको सरुवा गरेको हो। सरुवा हुनेमा २७ जना उपसचिव, १७ जना निर्देशक, २४ […]

कक्रोज जनता पार्टीका नेताहरूद्वारा नयाँ विरोध प्रदर्शनको मिति माग गर्दै दिल्ली पुलिससँग भेट

काठमाडौं ।  कक्रोज जनता पार्टी (सीजेपी) का दुई शीर्ष नेताहरू आशुतोष राङ्का र सौरभ दासले मुख्य निर्वाचन आयुक्त ज्ञानेश्वर कुमारविरुद्धको आगामी विरोध प्रदर्शनका लागि नयाँ मिति तय गर्न माग गर्दै दिल्ली पुलिसका अधिकारीहरूसँग भेट गरेका छन्। सीजेपी नेताहरूले यदि प्रहरीले उनीहरूको यस मागमा २४ घण्टाभित्र कुनै जवाफ नदिएमा पार्टीले आफैँ प्रदर्शनको घोषणा गर्ने चेतावनी दिएका […]

बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु : गोविन्द भट्टराई

काठमाडौं ।  नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् । उपसभापति खुलामा उम्मेदवार रहेका भट्टराईले पराजित भएपछि मतदातालाई धन्यवाद दिँदै पार्टीको जिम्मेवारी सम्हाल्न आफूलाई धेरैले विश्वास गरे पनि अझ धेरैको विश्वास जित्न आवश्यक रहेको बताए । ‘१५ औँ महाधिवेशनमा ममाथि विश्वास गरेर […]

जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न,बक्यौता पेस गर्न दियो २१ दिनको समय

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले बक्यौता तथा दायित्व फरफारकका लागि सरोकारवालालाई २१ दिनभित्र दाबी पेस गर्न सूचना जारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि बक्यौता र दायित्व फरफारक प्रक्रिया अघि बढाउन सूचना जारी गरिएको हो। मन्त्रिपरिषद्ले २०८२ वैशाख १५ गते […]

गृहमन्त्री गुरुङ लागे भारत भ्रमणमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् । बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो […]

चीनमा आन्तरिक कार बिक्रीमा गिरावट जारी, निर्यातमा भने उत्साह कायम

काठमाडौं । सुस्त घरेलु बजारको प्रभावलाई कम गर्न कार निर्माताहरूले वैदेशिक बजारमा ध्यान केन्द्रित गरेसँगै चीनको आन्तरिक कार बिक्री लगातार १२औँ महिना पनि घट्ने क्रम जारी रहेको छ भने निर्यात मुख्य वृद्धिको चालक बनेको छ। चीन प्यासेन्जर कार एसोसिएसनले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा प्यासेन्जर सवारी साधनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा […]

निकुञ्जमा जिप सफारी सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन: सुरुआत गरिएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो । बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरु मर्मत गरेर जिप सफारी सुरु गरिएको हो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरु मर्मत, ढलेका रूख पन्छाउने, झाडी […]

प्रधानमन्त्री वालेन्द्र शाहको आग्रह: दबाब र प्रभावमा नपरी इमानदारिताका साथ काम गर्नुहोस् (पूर्ण पाठ)

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि दबाब र प्रभावमा नपरी इमानदारिता र नैतिकताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक प्रहरी कार्यक्रममा सहभागी भएका हुन्। सोमबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको १–१८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भेदभावरहित र कुशल प्रहरी सेवा प्रवाहमार्फत […]

मिथिला लघुवित्तका सञ्चालक साहको राजीनामा स्वीकृत

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विनोद कुमार साहको राजीनामा स्वीकृत भएको छ । संस्थामा सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक साहले व्यक्तिगत तथा स्वास्थ्य समस्याको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । संस्थाको सञ्चालक समितिको २०८३ असोज २३ गते बसेको बैठकले साहले दिएको राजीनामा स्वीकृत गरेको हो ।

कांग्रेसलाई एकताबद्ध र गतिशील पार्टी बनाउने नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलको प्रतिबद्धता

काठमाडौं ।  नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महामन्त्रीको जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, आम मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै सबैलाई साथमा लिएर अघि बढ्ने बताएका छन्। १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले प्राप्त मतलाई […]