बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

काठमाडौं । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्र्तगत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको बर्सातपछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध […]

गुराँस लघुवित्तको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १० गतेका लागि ११ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा कात्तिक १० गते हिले कान्जिरोवा मकालु होटल, धनकुटा नगरपालिका वडा नं. १, हिले धनकुटामा बिहान ९ बजेदेखि सुरु हुने […]

कुमारी बैंकको ७८ हजार बढी कित्ता सस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ७८ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ७८ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुका लागि सूचना प्रकाशित गरिएकोमा विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएको हुँदा […]

नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्तिका लागि ४ जनाको नाम सर्टलिस्ट गरिएको छ। अर्थ मन्त्रालयले गठन गरेको सहसचिव महेश आचार्यको संयोजकत्वको सीईओ छनौट तथा सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो। सर्टलिस्टमा पर्नेहरुमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी छन्। समितिले गत साउन १२ […]

अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम

चितवन । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको छ । जग्गा व्यवस्थापनसँगै सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवले जानकारी दिए । परियोजनअन्तर्गत राप्ती नगरपालिका–१ लोथरस्थित करिब […]

सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित, सूचना चुहाएको आरोपमा

काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सरकारले संवेदनशील सूचना चुहावट गरेको भन्दै पदबाट निलम्बन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भनी निलम्बन गरिएको उल्लेख गरेका छन् । दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको […]

मनसुनी वायु र पश्चिमी वायुको प्रभाव कायमै, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेस, बागमती प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा […]

करिब ६ महिना पछि आईपीओ स्वीकृति अघि बढ्यो, के रोकिएको ३० कम्पनीको ३५ अर्ब ३५ करोड बढीको आईपीओ प्रस्ताव अघि बढ्ला ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले करिब ६ महिना पछि प्राथामिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । करिब ६ महिना देखि रोकिएको आईपीओ निष्कासनको काम गत साता बोर्डले हिम पर्वत हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएसँगै अघि बढेको हो । हिम पर्वतले आईपीओको लागि अनुुमति पाए सँगै आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेको १०४ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ […]

राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्थालाई परिमार्जन गर्दै एकीकृत परिपत्र–२०८२ मा संशोधन गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले असोज १९ गते परिपत्र जारी गर्दै आयात, उपचार, दूरसञ्चार तथा हवाई सेवाका लागि भुक्तानी गर्न पाउने विदेशी मुद्राको सीमामा वृद्धि गरेको हो। राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ र विदेशी विनिमय […]