अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
काठमाडौं । नेपालमा आधुनिक कृषि प्रविधि विस्तार गर्दै आएको जी–सेभेन एग्रिकल्चर प्रालि ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६’ को प्लेटिनम प्रायोजक बनेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ लगायतका निकायको सहकार्यमा आयोजना हुन लागेको यस प्रदर्शनीमा जी–सेभेनले मुख्य प्रायोजकको रूपमा सहकार्य गरियको […]

