पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक–दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

डलर र युरोको मूल्य बढ्यो, पाउण्डको घट्दा कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर र युरोको मूल्य बढेको छ भने पाउण्डको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी […]

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड–आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेश, अन्तर्गत सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवद्र्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ । माछापुच्छ्रे बैंकको एकल लगानीमा सम्पन्न भएको यस परियोजनामा बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशत सम्म वित्तीय लगानी गर्नेछ साथै परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ । २० […]

कांग्रेस सभापतिमा किशोर सिंह राठौरकाे उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता किशोर सिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुलाबाट सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि श्यामकृष्ण खड्गी र गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्।

७ हजार २ सय ५५ पुगे कांग्रेस महाधिवेशन प्रतिनिधि (सूची)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि ७ हजार २५५ जना पुगेका छन् । निर्वाचन समितिले निकालेको अन्तिम नामावलीमा ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधि रहेको उल्लेख छ। बिहान निर्वाचन आयोगले ७ हजार ११४ जना मतदाताको नाम सार्वजनिक गरेको थियो । अहिले १४१ जनाको नाम थपेर ७ हजार २५५ जना पुर्‍याइएको हो। १४औँ महाधिवेशनमा […]

‘सगरमाथादेखि समुद्रसम्म’: जलवायु न्यायका लागि नेपाल, अस्ट्रेलिया र प्रशान्त महासागरीय राष्ट्रहरूबिच ऐक्यबद्धताको आह्वान

काठमाडौं । नेपालले प्रशान्त महासागरीय टापु राष्ट्रहरू र अस्ट्रेलियासँग सहकार्य गर्दै जलवायु परिवर्तनको असरविरुद्ध विश्वव्यापी मञ्चहरूमा एकै आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ। अस्ट्रेलिया, फिजी र तुवालुका प्रधानमन्त्रीहरूद्वारा आयोजित उच्चस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका प्रतिनिधिले जलवायु परिवर्तनको बढ्दो जोखिम अब केवल सैद्धान्तिक बहस वा प्रक्षेपण मात्र नभएर दैनिक जीवनको अस्तित्वसँग जोडिएको यथार्थ बनिसकेको उल्लेख […]

साना तथा मझौला व्यवसायीको क्षमता बढाउन कामना सेवा बैंक र महासंघबीच सहकार्य

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ विच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धी गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका विच बैंकका तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फवाट महानिर्देशक डा.गोपाल तिवारीले उक्त […]

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौं । एनसेलका ग्राहकले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट र ‘बाइ वान गेट वान’ अफर पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराइएको हो। ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम […]

हिम पर्वत हाइड्रोपावरलाई ५९ लाख १५ हजार कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले करिब ६ महिना लामो अन्तरालपछि प्राथमिक सेयर (आईपीओ) निष्कासनको स्वीकृति दिएको छ । बोर्डले मंगलबार हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिएको हो। गत वैशाख २ गतेपछि धितोपत्र बोर्डबाट कुनै पनि नयाँ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका थिएनन् । बोर्डमा नेतृत्वको अन्योल लगायतका कारण रोकिएको आईपीओ […]

‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका कारण निजी क्षेत्र, उद्योग–व्यवसाय र समग्र अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको बताएका छन्। सङ्घीय संसद्काे संसदीय विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा नेपालको वर्तमान परिस्थिति, विकासका चुनौती, हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तथा जलवायु न्यायका विषयमा छलफल गर्दै अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा […]