विश्व प्रकाश शर्मा र पुष्पा भुसाल निर्बिरोध निर्बाचित, अन्य पदाधिकारीमा भिड्ने नेता यी हुन सूची सहित

काठमाडौं । जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति र महिला उपसभापतिमा क्रमशः विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। गत १८ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन भएको नेपाली कांग्रेसको महाधिवेशनमा ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेका छन्। जारी महाधिवेशनमा हिजो अर्थात् २० असोजमा निर्वाचन आयोगले तोकेको समयसीमाभित्र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला […]

लुम्बिनी विकास बैंकको साढे १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले साढे १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा सर्वसाधारण लगानीकर्ता र संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन् । यसका लागि १५ दिनको समय दिइएको छ । यस अवधिभित्र योग्य लगानीकर्ताले काठमाडौंको […]

प्रभु महालक्ष्मी लाइफको १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनी नवराज अधिकारीको नाममा रहेको १३ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । अधिकारीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएअनुसार सो उक्त सेयर बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ । संस्थापक सेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान […]

एक गोल र दुई असिस्टसहित बिदा भए मेसी

काठमाडौं । लिओनेल मेसीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनविरुद्ध ३–० को जित दिलाएका छन्। ३९ वर्षीय मेसीले यससँगै अर्जेन्टिनाबाट आफ्नो २०८औं तथा अन्तिम खेल खेल्दै महान् अन्तर्राष्ट्रिय करिअरको सुखद् अन्त्य गरेका छन्। अर्जेन्टिनाका लागि निकोलास ओटामेन्डीले मेसीको कर्नरमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि निको पाजले मेसीकै […]

बेनी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब यस कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, सेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटल मार्फत हुनेछन् ।

एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्र पारिएको छ। प्रतियोगिताको हरेक संस्करण […]

दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं । यस वर्ष बडादसैंको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे तोकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका ग्रहण गर्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्नेछ । विजयादशमीका दिन देवी विसर्जनको शुभसाइत बिहान ८ः४९ बजे रहेको छ । त्यसपछि टीका तथा जमरा लगाउने कार्यक्रम सुरु हुनेछ । दसैंको प्रारम्भ […]

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं । वडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन […]

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौं । यातायात व्यवस्था विभागले दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला गर्ने निर्णय गरेको छ । आज सरोकारवालाहरुसँगको बैठकपछि यस्तो निर्णय गरेको हो । आगामी असाज २५ असोज घटस्थापना परेको छ ।यसैबीच नारायणगढ–काठमाडौं सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक–दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]