बेनी-जोमसोम-कोरला सडक: आगामी सोमबारसम्ममा यातायात सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न ठाउँमा खसेको पहिरोले अवरुद्ध भएको बेनी-जोमसोम-कोरला सडक खण्ड खुलाउने काम अन्तिम चरणमा पुगेको छ। ५० भन्दा बढी स्थानमा पहिरो जाँदा पूर्ण रूपमा ठप्प बनेको उक्त सडकका अधिकांश क्षेत्रमा पहिरो पन्छाएर ट्रयाक खोल्ने कार्य सम्पन्न भइसकेको छ। हाल म्याग्दीको […]

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र प्रभावित भएको छ । आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले बताए । बिहान साढे १० बजेदेखि शुरू गर्ने भनिएको […]

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

काठमाडौं । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम दु्रतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ […]

भारतीय रिजर्भ बैंकले गर्‍यो रेपो दर वृद्धि

काठमाडौं । बढ्दो मुद्रास्फीति जोखिम, विश्वव्यापी आर्थिक अवस्था र घरेलु अर्थतन्त्रको बलियो वृद्धिबीच भारतीय रिजर्भ बैंक (आरबीआई) ले बुधबार नीतिगत रेपो दर २५ आधार अङ्कले बढाएर ५.५० प्रतिशत पुर्‍याएको छ । आरबीआईका गभर्नर सञ्जय मल्होत्राले बृहत् आर्थिक तथा वित्तीय अवस्था र आगामी दृष्टिकोणको मूल्याङ्कनपछि मौद्रिक नीति समितिले (एमपीसी) रेपो दर बढाउने निर्णय सर्वसम्मतिले गरेको बताए […]

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ । राष्ट बैंकका अनुसार बुधबार सोमबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र […]

अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको बिदाइ: २०१६ को सन्न्यास, पुनरागमन र ऐतिहासिक ट्रफीहरुको यात्रा

काठमाडौं ।  विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम बिदाइ खेल खेल्दै अन्तर्राष्ट्रिय फुटबल यात्रा समाप्त गरेका छन्। अर्जेन्टिना फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडियो तापिया र मुख्य प्रशिक्षक लियोनेल स्कालोनीको विशेष निमन्त्रणामा ३९ वर्षीय कप्तान मेस्सीका लागि यो भावनात्मक बिदाइ खेलको आयोजना गरिएको हो। अन्तिम खेल र रङ्गशाला मेस्सीले आफ्नो राष्ट्रिय टोलीका […]

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ । मंगलबार  सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ थियो  । यता चाँदी पनि १० रुपैयाँले बढेको छ । यस दिन […]

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

काठमाडौं । नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटरमा तटबन्ध गरिएको छ । यसमध्ये एक किलोमिटर १५० मिटर तटबन्धमा बाढीले असर पुर्याएको हो । सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर […]

मध्यपहाडी लोकमार्ग : कास्की खण्डमा तीन पक्की पुल निर्माण सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ । मध्यपहाडी लोकमार्गको पोखरा महानगरपालिका–१ याम्दी खोलामा दुईवटा र अन्नपूर्ण […]

हुम्लामा हिमपातले जनजीवन प्रभावित

काठमाडौं । हुम्ला  जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि […]