आयोगले तोक्यो विद्युत ग्रिडबाट पठाउँदा लाग्ने शुल्क, प्रतिमहिना ४ लाख १३ हजार रुपैयाँ

काठमाडौं । विद्युत नियमन आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि अर्काको बिजुली आफ्नो ग्रिडबाट पठाउँदा लाग्ने शुल्क (वेयलिङ चार्ज) तोकेको छ  ।  आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि अर्काको बिजुली आफ्नो ग्रिडबाट पठाउँदा लाग्ने शुल्क मध्यम र दीर्घकालीन पहुँचमा प्रतिमेगावाट प्रतिमहिना रु. ४ लाख १३ हजार र अल्पकालीनमा प्रतियुनिट ५७ पैसा तोकेको  हो। यसले उत्पादक, […]

सेनाले दैनिक १० हजार लिटर डीडीसीको दूध किन्ने

काठमाडौं । नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)बाट नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्ने भएको छ। सेना र डीडीसीबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएसँगै संस्थानले सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति गर्नेछ। सम्झौताअनुसार वार्षिक रूपमा ३७ लाख ४१ […]

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ। आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित एवं उल्लासमय बनाउन सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। चाडपर्वका अवसरमा शान्ति सुरक्षालाई खलल तुल्याएर हुनसक्ने विभिन्न आपराधिक घटनालाई निस्तेज तृुल्याउन प्रहरीले […]

राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत

काठमाडौं । राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५१ करोड १७ लाख २ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। विश्वविद्यालयको सिनेट बैठक (सभा) मा प्रस्तुत वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव अनुसार पूँजीगततर्फ २१ करोड ८ लाख ९५ हजार र सञ्चालनतर्फ ३० करोड ८ लाख ७ हजार रुपैयाँ विनियोजन गरिएको छ। विश्वविद्यालय […]

पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढाउन सकिने

काठमाडौं । नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन सके पाँच वर्षमा निर्यात ११२ प्रतिशतसम्म बढाउन सकिने अध्ययनले देखाएको छ । एसियाली विकास बैंक (एडीबी), नेपाल आर्थिक पत्रकार समाज (सेजन) र दक्षिण एसिया व्यापार, अर्थशास्त्र तथा वातावरणसम्बन्धी निगरानी संस्था (सावती) ले मङ्गलबार संयुक्त रूपमा सार्वजनिक गरेको ‘नेपालको वस्तु तथा सेवा निर्यातका अवरोध र […]

नेपालको लेखा व्यवसायको डिजिटल रूपान्तरणलाई तीव्रता दिन आईक्यान र टिगबीच सहकार्य

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउडमा आधारित लेखा प्रणाली  टिग “Tigg” को विकास तथा सञ्चालन गर्दै आएको BIC Technology Private Limited (Tigg) बीच नेपालको लेखा व्यवसायमा डिजिटल रूपान्तरण तथा प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू)  मा हस्ताक्षर भएको छ। समझदारीअनुसार, आईक्यानमा दर्ता भई सदस्यता नवीकरण गरेका योग्य चार्टर्ड एकाउन्टेन्ट  (सीए) तथा […]

अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

काठमाडौं ।  आगामी मंसिर पहिलो साता काठमाडौंमा सम्पन्न हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को तयारी तीव्र बनेको छ । स्टल बुकिङ र प्रायोजकहरूसँगको सम्झौता अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएमपी) प्रदर्शनीको प्रवर्द्धकका रूपमा रहने भएको छ । यसका लागि एनएएमपी र नामियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । […]

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट रु १०० का नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता […]

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौं ।  चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले प्राकृतिक विपद्ले क्षति पुर्याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेकाले दसैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिए । “भोटेकोशी बाढी प्रभावित रसुवासहित […]

दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता

काठमाडौं । दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी अन्तरिक्ष रकेट ‘नुरी’ ले बुधबार सफलतापूर्वक उडान भर्दै १५ वटा उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्‍याएको छ । यो सफलता दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । नुरीको विकासक्रममा यसलाई अहिलेसम्मकै सबैभन्दा जटिल र चुनौतीपूर्ण अभियान मानिएको छ। तीन चरणमा विभाजित तरल इन्धनबाट चल्ने नुरी […]