रिज लाइन इनर्जीले लाभांश घोषणा

काठमाडौं । रिज लाइन इनर्जीले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यसले १२ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पेश गर्न कम्पनीले […]

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइलाई संरक्षण गरी नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले “ज्येष्ठ नागरिक अनुभव बैंक” निर्माण तथा विकासको प्रक्रिया अघि बढाएको छ। ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई केवल हेरचाह र संरक्षण आवश्यक पर्ने […]

सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो।त्यस्तै, चाँदी पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ। हिजो अर्थात् बुधबार चाँदीको मूल्य ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

भोटेकोशी बाढी अपडेट,१ हजार ४ सय ५५ जनाको शव फेला

काठमाडौं ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ०८:०० बजे सम्म १ हजार ४ सय ५५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना […]

बाढीपहिरोले क्षति पुर्याएको बेनी–जोमसोम सडक मर्मत सुरु

काठमाडौं । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ । बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो । आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्म सडक मर्मत भइसकेको जानकारी दिए । “कालीगण्डकी नदीको कटान, बाढी र पहिरोले […]

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं  एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ। यो अफर एनसेल प्रयोगकर्ता वा एनसेल सिम लिने नयाँ ग्राहकका लागि उपलब्ध हुने छ। आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित […]

उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

काठमाडौं । दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वका बेला बजारमा हुनसक्ने सम्भावित मूल्यवृद्धि हस्तक्षेप गर्दै उपभोक्तालाई सुलभ दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा चाडपर्वका सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढेको छ । […]

के अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै छन् क्रिस्टियानो रोनाल्डो? छाडे पोर्चुगलको क्याम्प

काठमाडौं । पोर्चुगिज फुटबल टोलीका कप्तान तथा दिग्गज फरवार्ड क्रिस्टियानो रोनाल्डोले टोलीका मुख्य प्रशिक्षकसँगको तनावपछि युइएफए नेसन्स लिग अन्तर्गत डेनमार्कविरुद्धको खेल अगावै पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। नर्वेविरुद्धको खेलमा टोलीले २-१ को जित हात पार्दा करिब ३० मिनेटसम्म मैदान बाहिर ‘वार्म-अप’ गराएर पनि पूर्ण रूपमा बेन्चमै सीमित गरिएपछि उनी र मुख्य प्रशिक्षकबिच विवाद […]

६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको हो । अनुमति लिनेमा ७१ समूह रहेको र जसमा ४८५ पुरुष र १६३ महिला रहेको विभागका सूचना […]

पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला

काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’ मा सहभागी हुनका लागि दर्ता खुला गरिएको छ। आगामी असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म आयोजना हुने पदयात्रामा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यले  ईसेवामार्फत अनलाइन फारम भरी दर्ता […]