मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौं ।  निरन्तर वर्षाका कारण मनाङका विभिन्न स्थानमा पहिरो जाँदा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ । पहिरोका कारण ३३ केभी विद्युत् प्रसारण लाइनमा अवरोध भएपछि जिल्लाका केही क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ […]

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

काठमाडौं । ओपनएआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको हो। कम्पनीले शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जानकारी दिएको थियो । गर्मीयाममा भएका ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा […]

कालीगण्डकीले पोखरे बगरको पुल बगायो

काठमाडौं । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् । यसैगरी, अन्नपूूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । अइतबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ थियो  । यता चाँदी पनि ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी […]

नेपाल र बेलारुसबिच कूटनीतिक तथा सरकारी पासपोर्ट वाहकलाई भिसा छुट सम्झौता

काठमाडौं । नेपाल सरकार र बेलारुस गणतन्त्रको सरकारबिच कूटनीतिक, सरकारी तथा सेवा पासपोर्ट वाहकहरूका लागि भिसा छुट दिनेसम्बन्धी ऐतिहासिक द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको अवसरमा आयोजित एक समारोहका बिच बेलारुसका वैदेशिक मामिला मन्त्री महामहिम म्याक्सिम रिजेनकोभ र नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले आ-आफ्नो सरकारको तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। […]

बर्दियामा वर्षाले तीन घरमा क्षति

काठमाडौं । बर्दियामा अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा तीन घरमा क्षति पुगेको छ । घरको भित्ता भत्किँदा बाँसगढी नगरपालिका–८ रेशम टोलमा एउटा बङ्गुरसमेत मरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानबाट ठूलो क्षति हुन नदिन जिल्ला प्रशासन र प्रहरीले उच्च सतर्कता […]

अविरल वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित: मर्मतका लागि प्राविधिकहरू तयारी अवस्थामा

काठमाडौं । असोज ८ गतेदेखि परेको निरन्तरको हावाहुरी, वर्षा र देशका विभिन्न स्थानमा गएको बाढी-पहिरोका कारण दूरसञ्चार सेवा अवरुद्ध हुन पुगेको छ। भौगोलिक विकटता, अप्टिकल फाइबरमा पुगेको क्षति, विद्युत् आपूर्तिमा अवरोधका साथै वर्षा र बादलका कारण सोलार साइटको न्यून कार्यक्षमताले गर्दा सेवा निरन्तरतामा कठिनाइ आएको कम्पनीले जनाएको छ। अवरुद्ध भएका सेवाहरूमध्ये प्राविधिक रूपमा सिस्टमबाटै समाधान […]

देशका ४७ भन्दा बढी जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका अधिकांश जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा जलसतह उल्लेख्य बढ्दै आकस्मिक बाढी (Flash Flood) को जोखिम उच्च बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागले असोज ११ गतेका लागि विशेष सतर्कता बुलेटिन जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह […]

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ । ललितपुरको कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको […]

देवघाटमा नारायणीको बहाव १३ मिटर पुग्ने अनुमान,चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौं ।  नारायणी नदी तथा यसका सहायक नदीहरूमा बाढीको जोखिम अत्यधिक बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वाञ्चल महाशाखाले विशेष बाढी परामर्श बुलेटिन जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ। आज बिहान ७:४५ बजेको मापन अनुसार नारायणी नदीको जलसतह खतराको तह (९.० मिटर) पार गरी करिब ११.० मिटर पुगिसकेको छ भने […]