खरखरे भिरमा पहिरो, बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं ।  बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक भासिएको छ । वर्षा भइरहेकाले पहिरो पन्छाउन र भासिएको स्थानमा मर्मतसम्भार गर्न कठिन भएको छ ।

सेनाको निष्कर्ष : सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा संगठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ । प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले […]

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) आरम्भ

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ। आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। […]

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले जनाएकाे छ । उनीविरुद्धको कसुर भने खुलाइएको छैन । तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । उनले २०७५ […]

देशभर तीन मनसुनी प्रणाली सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशको केही […]

डलर, पाउण्ड र युरोको मूल्य स्थिर, कुन देशको विनमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर सोही मूल्यमा सटही भएको थियो । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र […]

धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले धाप बाँधको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका धाप बाँधको सुरक्षा तथा जलाशयको सुरक्षित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी आवश्यक सावधानी, पूर्व तयारी तथा निगरानीका कार्यहरू निरन्तर भइरहेको हुँदा सर्वसाधारणले अनावश्यक रूपमा आत्तिनुपर्ने अवस्था नरहेको जानकारी गराइएको छ। मन्त्रालयका अनुसार  धाप बाँधको जलाशयको सामान्य पानीको सतह २०८७.१४ मिटर […]

ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने

काठमाडौं ।  एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् । भेटमा भोटेकोशीको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकन, जलवायुमैत्री विद्युत पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको थियो । मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन […]

वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा

काठमाडौं । कञ्चनपुरमा लगातार भइरहेको वर्षाका कारण नेपाल–भारत सीमा क्षेत्रमा पानीको सतह बढ्दा दुईवटा सीमा स्तम्भ डुबानमा परेका छन्। दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित नेपाल–भारत सहायक सीमा स्तम्भ नम्बर ७९७/२ डुबानमा परेको हो। त्यस्तै, पुनर्वास नगरपालिकाको बिचफाँटास्थित नेपाल–भारत मुख्य सीमा स्तम्भ नम्बर ७५९ पनि दोधा नदीमा आएको बाढीका कारण पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरी बलले […]

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन […]