काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माण्डु हाइड्रोपावरको १३ लाख ६३ हजार ६३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। उक्त सेयर हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि सेयरधनीहरूले कारोबार गर्न सक्नेछन्।
नेप्सेमा माण्डु हाइड्रोपावरको बोनस सेयर सूचीकृत



