२ महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा नेपालले ९ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ बराबरका ४ लाख २५ हजार थान स्मार्टफोन आयात गरेको हो । गत आवको सोही अवधिमा भने ८ अर्ब […]

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिहा

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार दिउँसो छाडेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जबरालाई रिहा गरिएको जानकारी दिए । कार्कीका अनुसार पूर्वप्रधानन्यायाधीश जबरालाई छोराको जिम्मा लगाइएको बताए। यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको थियो । उनको सुरक्षा कारण पक्राउ गरिएको बताइएको […]

अविरल वर्षा र बाढीपहिरोले विद्युत् संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत केन्द्रको उत्पादनसमेत प्रभावित भएको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ […]

पहलमान सिंहस्वाँर मार्ग भासियो

काठमाडौं । अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ । आज बिहान चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएपछि सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमले जानकारी दिए । भासिएको सडक मर्मतसम्भार गरी यथाशक्य चाँडो यातायातका साधन सञ्चालन गर्न सडक डिभिजन कार्यालयसँग समन्वय गरिएको उनले बताए ।

लास भेगासमा सम्पन्न मिस्टर ओलम्पिया २०२६ को उपाधि निक वाकरलाई

काठमाडौं । बडीबिल्डिङ जगतको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मिस्टर ओलम्पिया २०२६’को मुख्य विधा (मेन्स ओपन) को उपाधि अमेरिकी बडीबिल्डर निक वाकरले जितेका छन्। अमेरिकाको लास भेगासमा आयोजित कडा प्रतिस्पर्धाका बिच पूर्व विजेताहरू सामसन दाउदालाई दोस्रो र डेरेक लन्सफोर्डलाई तेस्रो स्थानमा सीमित गर्दै वाकरले पहिलोपटक बडीबिल्डिङको सर्वोच्च पुरस्कार मानिने ‘स्यान्डो ट्रफी’ र ६ लाख अमेरिकी डलर (करिब […]

भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवरण संकलन सुरु गरेको छ। कार्यालयले अत्यन्त जरुरी सूचना जारी गर्दै रसुवा र नुवाकोटमा स्थायी घर भई काठमाडौंमा अध्ययनरत तथा बाढीका कारण अभिभावकविहीन भएका वा परिवारजनसँग सम्पर्कविहीन अवस्थामा रहेका बालबालिकाको व्यक्तिगत विवरण (प्रोफाइल) तयार […]

रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति

काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभमा रहेका डेटा सेन्टरलाई लक्षित गरी गरेको आक्रमणबाट युक्रेनको करिब २५ प्रतिशत इन्टरनेट पूर्वाधार नष्ट भएको दाबी गरेको छ। रुसी सुरक्षा निकायका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले शनिबार जनाएअनुसार, पछिल्लो आक्रमणले युक्रेनको डिजिटल तथा सञ्चार सेवामा उल्लेख्य असर पारेको छ। रुसी पक्षले डेटा सेन्टरमा भएको क्षतिका कारण […]

रसुवाका बाढी पीडितलाई कामना सेवाका महिला कर्मचारीको सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितहरूलाई सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामाग्री सहयोग गरेका छन् । उक्त सामाग्री बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकको तर्फबाट प्रभावितहरूलाई हस्तान्तरण गरेका छन्  । प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारहरूको स्वास्थ्य, सरसफाई तथा […]

मौसममा सुधार हुनेबित्तिकै टेलिकमको सेवा सुचारु गरिने

काठमाडौं । नेपाल टेलिकमले वर्षाको कारण अवरुद्ध सेवाहरु मौसममा सुधार आउने बित्तिकै टेलिकमको सेवा सुचारु गरिने बताएको छ । टेलिकमको सेवा सूचारु गर्नका लागि मौसममा हुने सुधार क्रमसँगै सम्बन्धित कार्यस्थलमा खटिने गरी प्राविधिकहरु तयारी अवस्थामा रहन समेत टेलिकमले निर्देशन जारी गरेको छ । टेलिकमका अनुसार बिहीबार देखि निरन्तरको हावाहुरी सहितको वर्षा र देशका धेरै स्थानमा […]

महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको भातकाँडानजिक सडक  दुईतर्फी  खुल्यो

काठमाडौं । महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको भातकाँडानजिक सडक खुलाइएको छ । तत्काल अवरोध हटाएपछि अहिले यातायात दुईतर्फी रूपमा सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ। लगातार वर्षाका कारण महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको भातकाँडानजिक रुखहरू ढलेर सडक अवरुद्ध भएको थियो । मन्त्रालयका अनुसार अवरुद्ध सडक खुलाउन र यातायात सहज बनाउन मन्त्रालयअन्तर्गतका सडक डिभिजनका टोलीहरू परिचालन गरिएसँगै सडक […]