प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब […]

नाडाद्वारा बाढीबाट क्षति व्यहोरेका अटोमोबाइल व्यवसायीको विवरण संकलन सुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालैको बाढी तथा डुबानका कारण क्षति व्यहोरेका अटोमोबाइल व्यवसायीहरूलाई आवश्यक सहजीकरण तथा समन्वय गर्न क्षतिको विवरण संकलन गर्न थालेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले एक विज्ञप्ति जारी गर्दै बाढी र डुबानका कारण भन्सार नाका, गोदाम तथा शोरुमहरूमा रहेका सवारीसाधन, भौतिक संरचना र उपकरणमा ठूलो क्षति पुगेको जानकारी गराएका […]

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाह आफू राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन्। उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नु […]

प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ। नयाँ डिलर सञ्चालनमा आएसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि टायल खोज्ने ग्राहकलाई कजारियाका उत्पादनमा सहज पहुँच पुग्ने कम्पनीले जनाएको छ। प्राधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन असोज ५ गते सोमबार बिहान ११ः३० बजे गरिएको हो। […]

यात्रुको सहजताका लागि कामना सेवा विकास बैंकले राख्यो प्रतीक्षा बेन्च

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी – जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै निर्माण गरेको उक्त प्रतीक्षा–बेन्च स्थापना गरिएको हो । बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख […]

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा चाहिने

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनःस्थापनाका लागि सम्भावित जग्गा पहिचानसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो। समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता […]

उपत्यकामा अध्ययनरत दलित र लोपोन्मुख विद्यार्थीलाई ३०० विद्युतीय चुलो दिइने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौँ उपत्यकामा घर भाडामा लिई स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका ३०० जना विद्यार्थीहरूलाई विद्युतीय चुलो (इन्डक्सन) वितरण गर्ने भएको छ। एलपी ग्यासको समस्यामा राहत पुर्‍याउन र स्वदेशी स्वच्छ ऊर्जाको खपत बढाउन जारी गरिएको सूचना अनुसार उपत्यकाबाहिरबाट आई अध्ययनरत […]

पूर्वाधार विकास समितिद्वारा सातै प्रदेशमा उपसमिति गठन

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सातै प्रदेशमा प्रदेशस्तरीय उपसमिति गठन गर्ने निर्णय गरेको छ। समितिका सभापति माननीय आशिष गजुरेलको सभापतित्वमा २०८३ असोज ५ गते बसेको बैठकले समितिको कार्यक्षेत्रभित्र पर्ने पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ लगायतका विषयमा प्रदेश तहमा सञ्चालन भइरहेका आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन, अध्ययन तथा मूल्याङ्कन गर्न प्रदेशगत […]

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्‍यो । अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा लिगको महत्वपूर्ण पक्ष विदेशी खेलाडीको सहभागिता बन्न पुगेको छ । विदेशी खेलाडी एनपिएलमा जोडिनु नौलो कुरा नभए पनि अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित र दर्शकमाझ परिचित स्टारको सङ्ख्या बढ्दै जाँदा त्यसको प्रभाव लिगमा […]

मलेसियाका प्रधानमन्त्रीसँग बालेनको टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गरेका छन्। उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका  हुन। छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन्। उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई […]