हिमालयन ८०–२० को सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन ८०–२० को सेयर मूल्य समायोजन भएको छ । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले फण्डको १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात फण्डको इकाईमूल्य ११ रुपैयाँ २ पैसा कायम भएको छ । नेप्सेले गत […]

नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले भोली अर्थात असोज ७ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त […]

शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

सिरहा । लहान नगरपालिका–११ पडरियाका आठ जना किसानले शीतभण्डार निर्माणका लागि आफ्नो एक बिघा दुई कट्ठा कृृषियोग्य जग्गा ३० वर्षका लागि भाडामा दिए । जग्गा भाडामा दिएको अहिले सात वर्ष बितिसक्यो । न त उक्त जग्गामा शीतभण्डार निर्माण भएको छ न त किसानले जग्गाको उपभोग नै गर्न पाएका छन् । मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी योजनाका […]

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको पूर्ण बैठक बस्नुअघि आज विभिन्न चार वटा संसदीय समितिका बैठकहरू समेत बस्दै छन् । संसद् सचिवालयका अनुसार […]

देशभर दोहोरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तर पश्चिम […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा रहेको थियो । युरोपियन […]

एथर नेपालको सुर्खेतमा १६औं एक्सपीरियन्स सेन्टर सञ्चालनमा

काठमाडौं । एथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी सञ्जाल विस्तार गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगर-१२, एयरपोर्ट चोकमा १६औँ ‘एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ। यस नयाँ सेन्टरमार्फत सुर्खेत तथा समग्र कर्णाली प्रदेशका ग्राहकले एथरका विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि, प्रडक्ट डेमोन्स्ट्रेशन (प्रदर्शन), टेस्ट राइड र ग्राहक-केन्द्रित सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्। उच्च प्रविधि र पारिवारिक आवश्यकता शोरुममा […]

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप सम्पन्न, हिमालयन एभरेष्ट इन्स्योरेन्स विजेता

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता भव्य तथा रोमाञ्चक रूपमा सम्पन्न भएको छ। सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा विभिन्न बीमा कम्पनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताका खेलहरूमा सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए। सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगिताको […]

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा लागेके विषय सामाजिक सन्जालबाट बाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनैपनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारवाही गर्न निर्देशन दिएका हुन् । साथै उनले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाइ निगरानी गर्न पनि निर्देशन दिए । यसैबिच शिक्षा विकास तथा समन्वय […]

बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने

काठमाडौं । सुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी कामलाई तीव्र गतिमा अगाडि बढाएका छन्। यस क्रममा यी मन्त्रालयहरुलाई प्रभावित स्थानीय तहहरुले समेत सघाइरहेका छन्। पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिमा […]