ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोर्खाका २५, गौतमश्रीको ६, शिव शिखरका १३, आइडियल यमुनाको ३,ओरिन्टल को अपरेटिभका ३ र कान्तीपुर सहकारीका २९ साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । […]

सेयर बजारको पूँजीगत लाभकर घट्यको राजपत्रमा प्रकासित

काठमाडौं । नेपाल सरकारले सेयर बजार (धितोपत्र विनिमय बजार) मा लाग्दै आएको पूँजीगत लाभकरको दर घटाएको छ। अर्थ मन्त्रालयको सूचना अनुसार मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी आयकर ऐन, २०५८ बमोजिम धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको सेयर बिक्रीबाट हुने लाभमा नयाँ करको दर कायम गरेको हो। राजपत्रमा […]

डाटा सेन्टरमा प्राविधिक समस्या: धितोपत्र बोर्डद्वारा उपकार्यकारी निर्देशकको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राविधिक समस्याका कारण सेयर कारोबार स्थगन भएको घटनाप्रति पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेलाई असोज १२ गतेभित्र छानबिन गरी सुधारका उपायहरूसहितको प्रतिवेदन पेस गर्न कडा निर्देशन दिएको छ। नेप्सेका ९२ वटा अनुमतिप्राप्त ब्रोकर […]

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्रले विभिन्न चुनौतीका बीच अपेक्षाभन्दा बढी लचिलोपन प्रदर्शन गरिरहेको भए पनि आगामी दिनमा केही महत्वपूर्ण जोखिमहरू कायमै रहने बताएकी छिन्। आइतबार अमेरिकाको न्युयोर्कमा आयोजित कतार इकोनोमिक फोरमको विशेष कार्यक्रममा बोल्दै जर्जिएभाले उच्च मुद्रास्फीति, बढ्दो ऋण सेवा लागत तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको […]

वाणिज्य बैंकहरूमा ४७ अर्ब नाघ्यो गैरबैंकिङ सम्पत्ति, नाफा बढे पनि एनबीए व्यवस्थापन मुख्य चुनौती

काठमाडौं । वाणिज्य बैंकहरूले एक वर्षमा नाफा ४.२२ प्रतिशतले वृद्धि गरेपनि गैरबैंकिङ सम्पत्ति (एनबीए) व्यवस्थापन पछिल्लो समय प्रमुख चुनौती बन्दै गएको छ। बैंकहरूले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो लिलामी गर्दा समेत कसैले खरिद नगरेका कारण यस्तो सम्पत्ति बढ्दै जाँदा बैंकहरूलाई अतिरिक्त भार परेको हो। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा वाणिज्य बैंकहरूको यस्तो […]

प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक

काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै “प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४” सार्वजनिक गरेको छ। यस योजनामार्फत प्रवासी नेपालीलाई आफ्नो घर तथा जग्गा खरिदसम्बन्धी आवश्यकताका लागि सहज, प्रतिस्पर्धी तथा सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ। नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्वपूर्ण योगदान […]

चाडपर्वको संघारमा काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट

काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा यामाहाको “ब्लू फेस्ट”, द बिगेस्ट एक्सचेन्ज मेला, काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु भएको छ । मेला  असोज १० गतेसम्म सञ्चालन हुने  छ मेलामा एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा र लाइभ इन्टरटेनमेन्टका जस्ता कार्यक्रम समावेश गरिएको छ । डिलर प्रतिनिधि, कम्पनीका अधिकारी तथा यामाहा प्रयोगकर्ताको सहभागितामा उद्घाटन […]

नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भव्य रूपमा सम्पन्न भएको छ । आ.व. २०८२/८३ का लागि निर्धारित लक्ष्य पुरा गरी चेयरपर्सन क्लब कार्यक्रममा छनौट भएका अभिकर्ताहरू एवं कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा […]

वित्तीय अपराधमा प्रविधिजन्य ठगी र ”मनी म्युल” चुनौतीको रुपमा देखा परेको छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय वित्तीय अपराधमा प्रविधिजन्य ठगी र ”मनी म्युल” चुनौती बनेको जनाएको छ । राष्ट्र बैंकले सोमबार गरेको वित्तीय सुशासन अभिवृद्धिका लागि नियमन तथा सुपरिवेक्षण, कानुन कार्यान्वयन र अभियोजनसँग सम्बन्धित निकायहरुबीचको सहकार्य, समन्वय तथा पृष्ठपोषणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले वित्तीय अपराधमा प्रविधिजन्य ठगी र ”मनी म्युल” चुनौती बनेको बताएका हुन् । […]

भोटेकोशी बाढी : गणेश पराजुलीको नेतृत्वमा संसदीय समिति बन्ने

काठमाडौं । भोटेकोशी बाढीबारे संसदीय समिति गठन गर्ने निर्णय भएको छ । यसबारे संसद्‌बाटै सभामुख डीपी अर्यालले जानकारी दिने भएका छन् । आज बिहान बसेको बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट समिति गठन गर्ने निर्णय भएको हो । स्रोतका अनुसार समितिको नेतृत्व रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले गर्ने भएका छन् । समिति १५ सदस्यीय बन्ने छ […]