नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत कात्तिक १५ बाट शुल्क बुझाउनुपर्ने
काठमाडौं । यही कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एउटासूचना जारी गर्दै सडक उपभोगबापत शुल्क लिइने जानकारी गराएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गतेमा प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने व्यवस्था गरिएको […]

