५७ प्रतिशतले निर्यात बढ्दा पनि ५ खर्ब ३२ अर्ब व्यापार घाटा, आयातित कच्चा पदार्थको भरमा व्यापार

काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (आव) २०८३८४ को पहिलो त्रैमासमा निर्यातमा वृद्धि हुँदा पनि व्यापार घाटा समेत उच्च भएको छ । चालु आवको पहिलो त्रैमासमा व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड लाख पुगेको छ । जुन गत आव २०८२८३ को तुलनामा ३५ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा […]

जीवन बीमा कम्पनीले बढायो सेयर बजार, ३३ अंकले नेप्से बढ्दा कारोबार रकम साढे ७ अर्ब नजिक

काठमाडौं । बुधबार पनि सेयर बजार बढेको छ । मंगलबार बढेको सेयर बजार बुधबार पनि बढेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स ६.३२ अंकले बढेर ४८१.७९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स २.६२ र सेन्सेटिभ फोल्ट इन्डेक्स […]

अमेरिकी  कच्चा तेलको मूल्यमा गिरावट आउन सक्ने संकेत

काठमाडौं । अमेरिकी कच्चा तेलको मूल्य यस वर्षको उच्चतम मूल्य दायरानजिक कारोबार भइरहेको छ। इरान युद्धका क्रममा भएको मूल्य उतारचढावले अबको समयमा तेलको मूल्यमा थप दिगो वृद्धि हासिल गर्न कठिन हुने संकेत गरेको छ। प्राविधिक विश्लेषणले पनि कच्चा तेलको मूल्य घट्न सक्ने सम्भावना देखाएको छ। प्राविधिक विश्लेषणमा विगतका मूल्य उतारचढावको चार्ट अध्ययन गरेर बजारको आगामी […]

‘सिटिजन्स सुपर ५०’ मंसिर पहिलो साता निष्कासन हुने, लगानीको ढोका खुल्दै 

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले मंसिर २ गतेदेखि ‘सिटिजन्स सुपर ५०’ नामक सामूहिक लगानी कोष (म्युचुअल फण्ड) निष्कासन गर्ने भएको छ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्कासन गर्न लागेको हो । कुल १ अर्ब रुपैयाँ आकारको यस योजनामध्ये न्यूनतम १ करोड ५० लाख इकाई अर्थात् […]

ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल जारी गर्न व्यवसायीलाई महासंघको आग्रह

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको छ। महासंघले नेपाल आयल निगमको निर्देशन कार्यान्वयन गर्न व्यवसायी र उपभोक्ता दुवैलाई जिम्मेवार बन्न आह्वान गरेको हो। महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ग्यास बिक्री वितरणमा बिल जारी गर्ने व्यवस्था सुनिश्चित गर्न […]

भोलिदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने, एक करोड बढीको कारोबार गर्ने

काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औ संस्करणको रूपमा गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको जनाएको हो । गोदावरी […]

राजनीतिक दलको काम गर्ने कर्मचारीलाई कारबाही सिफारिस गरेका छौँ: बुर्लाकोटी

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सरकारी जागीरमा रहेर राजनीतिक दलको जिम्मेवारीमा रहेका कर्मचारीलाई कारबाहीको लागि सिफारिस गरिएको जानकारी दिएका छन्। सामाजिक सञ्जालमा उनले कारबाहीको लागि सिफारिस गरिएका कर्मचारीको विवरण सार्वजनिक नगरी रास्वपाले त्यस्ता कर्मचारीलाई कारबाहीको लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको जानकारी दिएका हुन्। ‘सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा […]

बैंककबाट मन्त्री श्रेष्ठको आह्वान- जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

काठमाडौ‌ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा थाइल्याण्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन […]

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धिः १३ दिनमा ६०० पर्यटक

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेको सङ्ख्या बढेको निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए । करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज विश्वमै ठूलो बाह्रसिङ्गाको बथान अवलोकन गर्न पाइने निकुञ्जका रूपमा परिचित छ […]

वीरगञ्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यभन्दा बढी हो। कार्यालयले असोजमा इन्धन आयातबाट २ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिेएका छन् । असोजसम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रहेकामा ६९ अर्ब १३ […]