Global College

‘सिटिजन्स सुपर ५०’ मंसिर पहिलो साता निष्कासन हुने, लगानीको ढोका खुल्दै 

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले मंसिर २ गतेदेखि ‘सिटिजन्स सुपर ५०’ नामक सामूहिक लगानी कोष (म्युचुअल फण्ड) निष्कासन गर्ने भएको छ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्कासन गर्न लागेको हो ।

कुल १ अर्ब रुपैयाँ आकारको यस योजनामध्ये न्यूनतम १ करोड ५० लाख इकाई अर्थात् कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई अर्थात् १ हजार रुपैयाँदेखि आवेदन दिन सक्नेछन् । अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सकिने व्यवस्था छ । योजनाको निष्कासन छिटोमा मंसिर ७ गते बन्द हुनेछ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि मंसिर १६ गतेसम्म लम्बिनेछ ।

यस योजनाको अवधि १० वर्षको हुनेछ । यो बन्दमुखी सामूहिक लगानी कोष योजना हो, जसअन्तर्गत कोष व्यवस्थापकले संकलित रकमलाई विभिन्न धितोपत्र तथा लगानीका क्षेत्रमा परिचालन गर्नेछ ।

सामूहिक लगानी कोष नियमावली, २०६७ तथा संशोधनसहितको व्यवस्थाअनुसार योजनाले लगानीका विभिन्न सीमाभित्र रहेर रकम परिचालन गर्नुपर्नेछ । कुनै एक संगठित संस्थाको धितोपत्रमा योजनाको आकार वा लगानी गर्दाको खुद सम्पत्ति मूल्यको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन । सिटिजन्स सुपर ५० को मुख्य विशेषता सूचीकृत कम्पनीका करिब ५० वटा वा सोभन्दा कम कम्पनीको धितोपत्रमा मुख्य लगानी केन्द्रित गर्नु हो । योजनाले धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी गर्नुका साथै स्थिर आय उपकरण, मुद्रा बजारका उपकरण र बैंकको निक्षेपमा समेत रकम परिचालन गर्नेछ ।

योजनाले लगानीको जोखिम र प्रतिफलबीच सन्तुलन कायम गर्दै इकाईधनीलाई प्रत्येक वर्ष प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ । साथै, योजनाको अवधिभर नेप्से परिसूचकको औसत वृद्धिदरभन्दा बढी प्रतिफल हासिल गर्ने लक्ष्य राखिएको विवरण पुस्तिकामा उल्लेख छ । लगानी व्यवस्थापन गर्दा बजारको अवस्था, जोखिम र सम्भावित प्रतिफलको विश्लेषण गरी विभिन्न क्षेत्रबीच लगानीको सन्तुलित समिश्रण कायम गरिने कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News