५ हजारलाई स्वरोजगार बनाउने लक्ष्य, शून्य डाउनपेमेन्टमा ‘भेट्रा एरोन’

काठमाडौं । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित ‘तपाईंको बजार’ले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ । तपाईंको बजार र भेट्रा मोटर्स प्रालिको सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार राइड सेयरिङमा आबद्ध व्यक्तिलाई सवारीसाधन भाडामा उपलब्ध गराउनेभन्दा पनि आफ्नै स्कुटरको मालिक […]

भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । टंगालस्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त स्टोर पुनर्निर्माण सम्पन्न भएपछि नियमित सेवा शुरु गर्न लागिएको हो । भाटभटेनीले आगजनीबाट ध्वस्त भएका आफ्ना १२ स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा ल्याइसकेको जनाएको छ । बाँकी दमक र हेटौंडाका स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेको र छिट्टै […]

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

काभ्रे । धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ। आयोजना क्षेत्रका निजी, सार्वजनिक तथा गुठीका गरी २७२ दशमलव ५ रोपनी जग्गा २२ वर्षदेखि रोक्का रहँदा ७२ भन्दा बढी परिवार प्रभावित भएका छन्। आयोजना क्षेत्रका दुई सय ७० भन्दा बढी […]

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् । फेला परेका शव पहिचानका […]

वीरगञ्ज भन्सारद्धारा लक्ष्य पूरा गर्दै २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका अनुसार चालु आव २०८३–८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो । भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व […]

बंगालको खाडीमा बन्ने चक्रवातको प्रभाव नेपालमा, वर्षा/हिमपातको सम्भावना

काठमाडौं । बंगालको खाडीमा बन्ने चक्रवात र त्यसबाट विकसित हुने मौसमी प्रणालीको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन् । जल तथा मौसम विभागका मौसमविद् रोजन लामिछाने अनुसार बंगालको खाडीमा अहिले न्यूनचापीय प्रणालीहरू विकास हुने पूर्वानुमान रहे पनि साइक्लाेनको निश्चित स्वरूप बनिसकेको अवस्था छैन । बंगालको खाडीमा साइक्लाेन बनेर जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै […]

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्मा चीन प्रस्थान गरेका छन्। चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीको कार्यक्रममा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन्।

२ हजार १ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन […]

राजनीतिक विश्लेषक दाहाल मोरङबाट पक्राउ

काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङका प्रहरीका अनुसार आइतबार बिहान बेलबारीबाट दाहाल पक्राउ परेका हुन् । प्रहरकी अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो । । उनी पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए । दाहालविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति […]

जनउत्थान सामुदायिक लघुवित्तका विभिन्न पदमा कर्मचारी माग

काठमाडौं । पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्ला र पहाडी ८ जिल्ला गरी जम्मा १९ जिल्ला कार्यक्षेत्र रहेको नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत पदमा १ जना, कनिष्ठ अधिकृत पदमा ३ जना, व्यस्थापन प्रशिक्षार्थी (करार) पदमा ४ जना, सहायक पदमा ३ जना, कनिष्ठ […]