काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले मञ्जुश्रीको ५ प्रतिशत र बरुणको ४.७५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात मञ्जुश्रीको सेयरमूल्य ७२३ रुपैयाँ ३३ पैसा कायम भएको छ भने बरुणको सेयरमूल्य ३२३ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
नेप्सेले मंगलबारको कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा मञ्जुश्रीको सेयर प्रतिकित्ता ७५९ रुपैयाँ ५० पैसा र बरुणको सेयर प्रतिकित्ता ३३८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।



