रगतको चरम अभाव,रक्तदान गर्न विशेष आग्रह

काठमाडौं । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदाताहरूलाई विशेष आग्रह गरेको छ। दसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदानका कार्यक्रमहरू कम भएको र अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गएकाले नेपाल रेडक्रसले आम रक्तदानका लागि विशेष अनुरोध गरेको हो। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ तोकिएको छ । यो सँगै मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो । मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार बुधबार […]

कामना विकास बैंकको नाफा १७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २३ रुपैयाँले नाघ्यो

काठमाडौं । ब्याज आम्दानी बढे सँगै कामना विकास बैंकको नाफा समेत बढेको छ । बैंकले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को अपरिष्कृत वित्तीय विवरण बुधबार सार्वजनिक गर्दै नाफा बढेको जानकारी दिएको हो । चालु आवमा बैंकले २३ करोड १९ लाख खुद नाफा कमाएको छ । जुन अघिल्लो आव २०८२/८३   को तुलनामा १६.९९ प्रतिशतले बढी हो […]

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउन भ्याइनभ्याई भएको छ । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हुरीबतास र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने […]

जुनसुकै जिल्लाको नागरिकले पनि काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन सक्ने

काठमाडौं । अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै निश्चित सर्त पूरा गरेका नागरिकलाई उपत्यकाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने जनाएको हो ।नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यस्तो व्यवस्था गरिएको हो। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार […]

२० प्रतिशतले नाफा घटेको निफ्राका को-को छन् ठूला सेयरधनीहरु

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २०.१६ प्रतिशतले घटेको छ। पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापना गरिएको निफ्रामा विभिन्न व्यक्ति,संस्था, समूह लगायतका सेयर रहेको छ । निफ्रामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकको कुल चुक्तापुँजी […]

सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ । टानले एक सूचना जारी गरी बङ्गालको खाडीमा विकसित भएको ‘अर्नव चक्रवात’का कारण नेपालमा पर्न सक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई आग्रह गरेको हो […]

एनआईसी एशिया लघुवित्तको ५ वर्ष पुरानो लाभांश लिन ३५ दिनको म्याद

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई ३५ दिनभित्र भुक्तानी लिन आग्रह गरेको छ। संस्थाले लाभांश वितरणसम्बन्धी निर्णय भएको पाँच वर्ष बितिसक्दा पनि केही शेयरधनीको बैंक खाता अद्यावधिक नभएको तथा बैंक तथा वित्तीय संस्थाको मर्जरका कारण खाता परिवर्तन हुँदा नगद लाभांश जम्मा हुन नसकेको […]

रिलायबल भेन्चर क्यापिटलको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । रिलायबल भेन्चर क्यापिटल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । क्यापिटलले ८० हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको न्यूनतम मूल्य १२६ रुपैयाँ ०१ पैसा तोकिएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुलाई सेयर बिक्री गरेपछि बाँकी रहेको उक्त सेयर सर्वसाधारणका लागि लिलाम प्रक्रिया माफर्त बिक्रीमा राखेको जनाएको छ । उक्त […]

हिमालयन ब्रोकरेजको चौथो साधारणसभा आह्वान

काठमाडौं । हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले चौथो साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ५ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा मंसिर ५ गते होटलल रामदा, धुम्बाराही काठमाडौंमा दिउसो ३ बजे सक्ने छ । सभाले संचालक समितिको तर्फवाट अध्यक्षले प्रस्तुत गर्ने कम्पनीको चौथो वार्षिक […]