काठमाडौं । रिलायबल भेन्चर क्यापिटल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । क्यापिटलले ८० हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य १२६ रुपैयाँ ०१ पैसा तोकिएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुलाई सेयर बिक्री गरेपछि बाँकी रहेको उक्त सेयर सर्वसाधारणका लागि लिलाम प्रक्रिया माफर्त बिक्रीमा राखेको जनाएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । आवेदन दिदा कम्पत्तिमा ५ हजार कित्ता र बढीमा सबैका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सेयर खरि गर्दा १०० रुपैयाँको आवेदन फारम खरिद गरि भर्नु पर्ने छ ।



