Global College

कामना विकास बैंकको नाफा १७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २३ रुपैयाँले नाघ्यो

काठमाडौं । ब्याज आम्दानी बढे सँगै कामना विकास बैंकको नाफा समेत बढेको छ । बैंकले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को अपरिष्कृत वित्तीय विवरण बुधबार सार्वजनिक गर्दै नाफा बढेको जानकारी दिएको हो । चालु आवमा बैंकले २३ करोड १९ लाख खुद नाफा कमाएको छ । जुन अघिल्लो आव २०८२/८३   को तुलनामा १६.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले १९ करोड ७५ लाख खुद नाफा कमाएको थियो ।

चालु आवको पहिलो त्रैमासमा बैंकको कुल ब्याज आम्दानी ६२ करोड ६४ लाख ८७ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १.४३ प्रतिशतले बढी हो । गत े आवमा बैंकको कुल ब्याज आम्दानी ६१ करोड ७३ लाख ३६ हजार रहेको थियो ।
खराब कर्जावापत्को इम्पेरिमेन्ट चार्जु घटेको बैंकको कुल ब्याज, चार्ज र कमिशन आम्दानी र कुल सञ्चालन आम्दानी समेत बढेको छ । चालु आवमा ४ करोड ९४ लाखमा सिमित रहेको इम्पेरिमेन्ट चार्ज गत आवमा ११ करोड ६ लाख रहेको थियो ।

चालु आवमा बैंकको कुल ब्याज, चार्ज र कमिशन आम्दानी ७३ करोड ६७ लाख २३ हजार रहेकोमा कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रहेको छ । गत आवमा आवमा कुल ब्याज, चार्ज र कमिशन आम्दानी ७० करोड २० लाख ५८ हजार रहेकोमा कुल सञ्चालन आम्दानी ७५ करोड ४४ लाख ३५ हजार रहेको थियो ।
चालु आवको समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रहेकोमा गत आवको सोहि अवधिमा भने उक्त नाफा २८ करोड ४६ लाख २८ हजार रहेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १२.५३ प्रतिशतले बढेको छ । चालु आवको पहिलो त्रैमासमा बैंकको वितरण योग्य मुनाफा २३ करोड ११ लाख ५५ हजार रहेको छ भने गत आवको सोहि अवधिमा सो मुनाफा १९ करोड ७५ लाख ८४ हजार रहेको थियो ।

बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४६ पैसाबाट बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ । समिक्षा अवधिमा बैंकको नेटवर्थ प्रति शेयर १६१ रुपैयाँ ८४ पैसा, कुल सम्पत्ति प्रति शेयर १ हजार ९९२ रुपैयाँ दशमलव ०४ पैसा, मुल्य आम्दानी अनुपात २०.५८, तरलता अनुपात २३.७६ प्रतिशत र क्यापिटल एडिक्वीसी रेसियो १२.९७ प्रतिशत रहेको छ ।

NECO

Leave Your Comment

Related News