Global College

एनआईसी एशिया लघुवित्तको ५ वर्ष पुरानो लाभांश लिन ३५ दिनको म्याद

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई ३५ दिनभित्र भुक्तानी लिन आग्रह गरेको छ।

संस्थाले लाभांश वितरणसम्बन्धी निर्णय भएको पाँच वर्ष बितिसक्दा पनि केही शेयरधनीको बैंक खाता अद्यावधिक नभएको तथा बैंक तथा वित्तीय संस्थाको मर्जरका कारण खाता परिवर्तन हुँदा नगद लाभांश जम्मा हुन नसकेको जनाएको छ।

संस्थाका अनुसार हालसम्म लाभांश प्राप्त गर्न छुटेका शेयरधनीले आफ्नो हितग्राही (डिम्याट) खातामा बैंक तथा वित्तीय संस्थाको खाता विवरण अद्यावधिक गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नगद लाभांश भुक्तानी लिनुपर्नेछ। तोकिएको अवधिभित्र भुक्तानी नलिएमा बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने संस्थाले जनाएको छ।

NECO

Leave Your Comment

Related News