काठमाडौं । नेपाल प्रिमियर लिग (एपनीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन् । खेल साँझ ५ बजेदेखि सुरु हुने छ ।
खेलमा पोखरा विजयी सुरुआतको खोजिमा हुनेछ । पोखरोको यो प्रतियोगिताको पहिलो खेल हो । अघिल्ला दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिमको लक्ष्य भने पहिलो जित निकाल्दै अंक तालिकामा आफूलाई अगाडि बढाउने रहनेछ ।
टोलीले गत कात्तिक ९ गते भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग ७ विकेटको पराजय भोगेको थियो । त्यसैले सुदूरपश्चिम यस संस्करण उपाधि च्यूतहुनुको पीडा भूलाउन उपाधि दौडामा आफूलाई कायम राख्ने लक्ष्यमा छ ।



