Global College

जीवन बीमा कम्पनीले बढायो सेयर बजार, ३३ अंकले नेप्से बढ्दा कारोबार रकम साढे ७ अर्ब नजिक

काठमाडौं । बुधबार पनि सेयर बजार बढेको छ । मंगलबार बढेको सेयर बजार बुधबार पनि बढेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेर बन्द भएको हो ।

यसदिन सेन्सेटिभ इन्डेक्स ६.३२ अंकले बढेर ४८१.७९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स २.६२ र सेन्सेटिभ फोल्ट इन्डेक्स २.३९ अंकले बढेको हो ।
बुधबार ३४८ वटा कम्पनीको १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर खरिद बिक्री हुँदा करोबार रकम ७ अर्ब ४५ करोड ८६ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब ६५ करोड ९३ लाखले बढी हो ।
मंगलबार ३६० वटा कम्पनीको १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७९ करोड ९३ लाख पुगेको थियो ।

यसदिन सबै १२ वटा उपसमूह बढ्दा १ वटा उपसमूह घटेको छ । बैंकिङ २१, विकास बैंक ६०, वित्त ३४, होटल र पर्यटन ९२, जलविद्युत ७५, लगानी १, जीवन बीमा १८८, उत्पादन र प्रशोधन ७० , लघुवित्त ३९, म्युअुचल फण्ड ०.१०, निर्जिवन बीमा ४३ र अन्य समूह १५ अंकले बढ्दा व्यापार समूह १४ अंकले घटेको हो ।

यसदिन २४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयर  मूल्य स्थिर रहेको छ ।

बुधबार   बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ७० रुपैयाँ बढेर ५३६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको सेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ भने सुपर खुदी हाइड्राेपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ५० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ भने बुटवल पावर कम्पनीको करिब साढे २६ करोड रुपैयाँको सेयर  कारोबार भएको छ।

NECO

Leave Your Comment

Related News