Global College

५७ प्रतिशतले निर्यात बढ्दा पनि ५ खर्ब ३२ अर्ब व्यापार घाटा, आयातित कच्चा पदार्थको भरमा व्यापार

काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (आव) २०८३८४ को पहिलो त्रैमासमा निर्यातमा वृद्धि हुँदा पनि व्यापार घाटा समेत उच्च भएको छ ।
चालु आवको पहिलो त्रैमासमा व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड लाख पुगेको छ । जुन गत आव २०८२८३ को तुलनामा ३५ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रहेको थियो ।

समिक्षा अवधिमा आयात निर्यात दुवै बढेको छ । चालु आवको पहिलो त्रैमासमा आयात ६ खर्ब ४६ अर्ब ७८ करोड २५ लाख रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा आयात ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रहेको थियो । नेपालले भारत लगायत तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादनहरु, मेसिनरी तथा पाट्र्स, यातायातका साधन र तिनका पार्टस्, भटमास, दूरसञ्चारका सामग्री, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, पामलगायतका सामग्री आयात गर्छ ।

चालु आवको पहिलो त्रैमासमा निर्यात १ खर्ब १४५ अर्ब २८ करोड ८४ लाख रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा निर्यात ७२ अर्ब ७८ करोड २८ लाख रहेको थियो । नेपालले भारत लगायत तेस्रो मुलुकसँग विशेषगरी भटमासको तेल, सूर्यमूखी तेल, गलैंचा अलैंची लगायतका सामग्रीहरुको उच्च निर्यात गर्छ । साथै नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैंची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र विरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादनहरु, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड, जडीबुटी प्रमुख रुपमा रहेका छन् ।

समिक्षा अवधिमा कुल वैदेशिक व्यापार बढेको छ । चालु आवको पहिलो त्रैमासमा कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड ९ लाख पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा कुल वैदेशिक व्यापार ५ दखर्ब ४० अर्ब ८६ करोड ६१ लाख रहेको थियो ।
समिक्षा अवधिमा वैदेशिक व्यापारमा निर्यातको हिस्सा १५ प्रतिशत हुँदा आयतको हिस्सा ८५ प्रतिशत रहेको छ ।

नेपाल ठूलो अर्थतन्त्र भएका दुई छिमेकी भारत र चीनको बीचमा छ । उनीहरूसँग वस्तु उत्पादनमा प्रतिस्पर्धा गर्न नसक्ने हो भने हाम्रो प्रतिस्पर्धी क्षमता भएको सेवा निर्यातबाटै रकम भित्राउनु पर्ने विज्ञहरु बताउँछन् । अब सेवा व्यापार निर्यातमा बढी जोड दिनुपर्ने अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताए । यसका लागि पर्यटन, जनशक्ति, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई अझ बढी सुधार गर्नुपर्ने उनीहरुको भनाइ छ । ‘सबै कुरा नेपालमा पाइँदैन, यदि हामीले उत्पादन गर्न खोज्यो भने महँगो पर्न जान्छ,’ उनले भने , ‘त्यसकारण आयात हुन्छ, आयात गर्दा व्यापार घाटा हुन्छ, यसमा आत्तिनु पर्दैन, बरु त्यो आयात गर्न आवश्यक रकम छ छैन, त्यो महत्त्वपूर्ण हो, अर्कोतर्फ कतिपय सामग्रीहरु उत्पादन भन्दा आयातित हुँदा मुलुकलाई फाइदा पुग्छ त्यता पनि हेर्नु आवश्यक छ ।’

वस्तुको आयात–निर्यातको खाडल ठूलो छ । वैदेशिक व्यापार सन्तुलन मिल्ने सम्भावना पनि तत्काल नरहेको जानकार बताउँछन् । यसका लागि सेवा व्यापारमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । वस्तु खरिद गर्दा डलर बाहिरिएको छ । यसको विकल्प वस्तु व्यापार न्यूनीकरण हो । पर्यटन, ऊर्जा र आईटी क्षेत्रमा सम्भावना रहेको व्यवसायीहरु बताउँछन् । जलविद्युतको कुरा गर्दा विद्युत् निर्यात गर्न सकिन्छ । आईटी क्षेत्रमा कम्प्युटरका सामान आयात भए पनि सफ्टवेयर निर्माण गरेर निर्यात गर्न सकिन्छ । यसले वस्तुको व्यापार घाटा न्यूनीकरण गर्न सकिने स्वयं आयोगका अधिकारीहरु बताउँछन् ।

वस्तुको निर्यात बढ्नु राम्रो भए पनि भ्यालु एड भएर निर्यात भएका वस्तुले समग्र निर्यात बढाइदिएका छन् । तेस्रो मुलुकबाट आयातित भटमास र सूर्यमुखी तेल निर्यात बढ्दा समग्र निर्यातमा वृद्धि देखिएको हो । नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादित वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछन् । सोको फाइदा उठाउँदा नेपाली व्यवसायीहरुले कच्चा पदार्थ आयात गरी निर्यात व्यापार सञ्चालन गरिरहेका छन् । जसअन्तर्गत सोही सुविधाको फाइदा उठाउँदै उद्योगीले तेल निर्यात गरिरहेका छन् ।

NECO

Leave Your Comment

Related News