बिजुलीमा लगाइएको भ्याट हटाइने

काठमाडौं । सरकारले बिजुलीमा लगाएको ५ प्रतिशत भ्याट हटाउने भएको छ । उक्त भ्याट हटाउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सहमति भएको हो । आइतबार ऊर्जामन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. वाग्लेबीच भएको भेटमा ५ प्रतिशतको भ्याट हटाउने सहमति भएको उर्जा मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । ती […]

व्यापारवार्ता र एआई उत्साहले एसियाली बजारमा हरियाली

काठमाडौं ।  कृत्रिम बौद्धिकता (एआई) प्रविधिप्रतिको विश्वव्यापी बढ्दो माग तथा अमेरिका र चीनबीच भएको व्यापार तथा एआईसम्बन्धी वार्ताबाट सकारात्मक सङ्केत प्राप्त भएपछि सोमबार अधिकांश एसियाली शेयर बजारमा वृद्धि भएको छ । गत साता विश्व शेयर बजारहरू मिश्रित अवस्थामा बन्द भएका थिए । मुद्रास्फीति नियन्त्रणका लागि विभिन्न केन्द्रीय बैङ्कहरूले मौद्रिक नीति कडा बनाउने क्रम जारी राखेका […]

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

काठमाडौं । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ । तर, यहाँ मङ्गलबारदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहोल  भने तात्दै छ । उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसङ्घका प्रवक्ताले यस […]

संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएका थिए। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित थिए। सम्माननीय प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन […]

एक्सट्रीमको ऊर्जासँग नेपाली ई–स्पोट्र्सको उडान

काठमाडौं । नेपालमा सम्पन्न PMGO २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको 4Thrives Esports ले जितेको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको 4Thrives Esports ले कुल २०९ अंक हासिल गर्दै च्याम्पियन बनेको हो। काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एशियाका उत्कृष्ट PUBG Mobile Esports टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। रोमाञ्चक प्रतिस्पर्धाबीच 4Thrives Esports शीर्ष […]

नवलपुरमा कृषकका लागि अनुदान, असोज १३ गतेभित्र आवेदन दिन आह्वान

काठमाडौं । कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले करिब रु पाँच करोड अनुदान वितरण गर्ने गरी कृषकसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ। कार्यालयले विभिन्न १० वटा शीर्षकमा जिल्लाका कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार रु चार करोड ७७ लाख ५० हजार बराबरको अनुदान वितरण गर्न लागिएको […]

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस २६ एफई, ‘वान युआइ ९’ सहित आउने एस २६ सिरिजको पहिलो फोन

काठमाडौं । सामसङ नेपालले Galaxy S26 परिवारमा नयाँ सदस्यका रूपमा Galaxy S26 FE सार्वजनिक गरेको छ। यो One UI 9 सहित आउने Galaxy S26 सिरिजको पहिलो स्मार्टफोन हो । यसले सुरुदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम Galaxy अनुभव पुर्‍याउनेछ। उच्च क्यामेरा र अझ बढी इन्टेलिजेन्ट  Galaxy AI का साथ यसले दैनिक फोटो खिच्ने, क्रिएट गर्ने र […]

नार्कमा राजनीतिक हस्तक्षेप रोक्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्न माग

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा हुने राजनीतिक हस्तक्षेप र अव्यवस्थित कर्मचारी भर्ना प्रक्रिया रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्न माग गरिएको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले परिषद्को संरचनागत सुधारका लागि यस्तो आयोग गठन गर्नुपर्ने प्रस्ताव […]

नयाँ प्राधिकरण नबनाइने झन् शक्तिशाली बनाइने : पूर्वाधार मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा–भोटेकोशी बाढीको पुनर्निर्माणको लागि नयाँ प्राधिकरण नबनाउने बताएका छन् । सोमबार प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले नयाँ प्राधिकरण नबनाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई शक्तिशाली बनाइने बताए । हाल रसुवा बाढीलाई लक्षित गर्दै नयाँ प्राधिकरण भने गठन गर्ने योजना सरकारको छैन । यसका […]

नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा राहत तथा सञ्चार सुविधा घोषणा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट तथा तनहुँ जिल्लाका नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक क्षेत्र आसपास बसोबास गर्ने तथा बाढीबाट प्रत्यक्ष प्रभावित नागरिकलाई लक्षित गरी विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। बाढीका कारण क्षति भएका र पुनः […]