काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन।
बैंक सञ्चालक समितिको ३३१औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावअनुसार बैंकले ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
बैंकले ५ प्रतिशतका दरले कुल १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।



