Global College

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८२ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ८२ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकका पाँच जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि बैंकमा निवेदन दिएका हुन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बैंकले आफ्ना सम्पूर्ण संस्थापक सेयरधनीलाई ३५ दिने भित्र आवेदन दिन सूचना जारी गरेको छ ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर कित्ता र रकम उल्लेख गरी बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

NECO

Leave Your Comment

Related News