Global College

सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नेमा यो बैंक पहिलो वाणिज्य बैंक बनेको छ।

चालु आर्थिक वर्षको ३ महिनामा बैकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३१.१३ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ५ करोड रुपैयाँ पुर्‍याएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैकको नाफा ४५ करोड ४२ लाख रहेको थियो ।

बैंकको नाफा बढ्नुमा सञ्चालन मुनाफामा आएको सुधार र खुद ब्याज आम्दानीको मुख्य योगदान रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ४२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा उक्त आम्दानी ४७.५६ प्रतिशतले बढेर २ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

यता, खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा ८.६१ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफामा भने सामान्य कमी आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब १३ करोड रुपैयाँ थियो।

बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ पुगेको छ। बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.८४ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेपमा भएको वृद्धिले बैंकको स्रोत परिचालन क्षमता विस्तार भएको देखिन्छ।

यसैगरी, बैंकको खुद कर्जा तथा सापटी प्रवाह १.६९ प्रतिशतले बढेर २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। निक्षेपको तुलनामा कर्जा विस्तारको वृद्धि भने न्यून रहेको छ।

बैंकको अर्को सकारात्मक पक्ष खराब कर्जामा आएको गिरावट हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात (ग्रस एनपीए) चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर २.८६ प्रतिशतमा सीमित भएको छ। एक वर्षको अवधिमा खराब कर्जा अनुपात १.०५ प्रतिशत बिन्दुले घटेको हो।

NECO

Leave Your Comment

Related News