Global College

कृषि फार्मका लागि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जालिम सिंह महतोको जाहेरीका आधारमा नेपाल सरकारले पूजा खड्गीसहितका प्रतिवादीविरुद्ध दायर गरेको ठगीसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र सोही पहुँचका आधारमा कृषि फार्मका लागि सहुलियत अनुदान सहजै उपलब्ध गराउन सकिने भन्दै पीडितलाई विश्वासमा पारिएको थियो । त्यसपछि विभिन्न बहानामा पटकपटक गरी जम्मा ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी परेको थियो ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले काठमाडौं महानगरपालिका–१३, ताहाचल बस्ने ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४, नखिपोट बस्ने ६० वर्षीय प्रेमनारायण खनाललाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार श्रीकृष्ण महर्जनलाई ‘तिलक बुढाथोकी’ नामले समेत चिनिने गरेको छ । उनी कृष्ण महर्जनका छोरा हुन् भने खनाल रुक्मागत खनालका छोरा हुन् ।

पक्राउ परेका दुवै जनालाई २०८३ कात्तिक ११ गते काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले सहप्रवक्ता तथा सूचना अधिकारीका रूपमा जारी गरेको विवरणमा उक्त जानकारी दिइएको हो ।

 

NECO

Leave Your Comment

Related News