Global College

भिजन लुम्बिनी उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १३ गते) शुक्रबार, अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले आगामी सोमबार अर्थात कात्तिक १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले मंसिर ३ गते, बिहीबार, दियालो फुडल्याण्ड कालिकानगर प्रा.लि., बुटवल उपमहानगरपालिका, रुपन्देहीमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.६८४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

NECO

Leave Your Comment

Related News