नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार पनि बढ्यो

काठमाडौं । बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५३ वटा कम्पनीको १ करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम १६ करोड रुपैयाँले बढेको छ। बुधबार कारोबार रकम ४ अर्ब […]

राष्ट्रियसभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग

काठमाडौं । सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा भाग लिँदै उनीहरूले जबरालाई नियन्त्रणमा लिइएको घटनाको कारण, कानुनी आधार र सरकारको धारणा संसद्मार्फत स्पष्ट गर्न सभाअध्यक्षमार्फत माग गरे । सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सभाध्यक्षमार्फत सरकारसँग स्पष्ट […]

साविक विजेता भारतद्वारा श्रीलङ्का १२४ रनले पराजित, स्वर्ण पदकका लागि पाकिस्तानसँग भिड्ने

काठमाडौं । जापानको निसिनस्थित कोरोगी एथलेटिक पार्कमा सम्पन्न एसियन गेम्स २०२६ अन्तर्गत पुरुष टी-२० क्रिकेटको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतले श्रीलङ्कालाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै स्वर्ण पदक भिडन्तमा स्थान बनाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले २५ रनमै २ विकेट गुमाएको नाजुक अवस्थामा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीको ३८ रन र […]

सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए, चीन र सार्क क्षेत्रबाट उल्लेख्य वृद्धि

काठमाडौं ।  सन् २०२६ को सेप्टेम्बर महिनामा कुल ८८ हजार २४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरण अनुसार यो आगमन अघिल्लो वर्ष सन् २०२५को सेप्टेम्बरको तुलनामा १२.११ प्रतिशतले बढी हो। गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल आएका थिए। मनसुन समाप्त भई पर्यटकीय याम अटोमन […]

विपद्पछिको पुनःस्थापनामा अष्ट्रेलियाको साथ, प्रधानमन्त्री शाहले दिए धन्यवाद

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हालैको बाढीपहिरोपछि नेपाललाई अष्ट्रेलिया सरकारले गरेको मानवीय सहयोग, खोज तथा उद्धारमा दिएको साथ र देखाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन्। नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले अष्ट्रेलियाको सहयोगप्रति धन्यवाद दिएका हुन्। भेटमा प्रधानमन्त्री शाहले बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ। ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको उक्त सडकखण्डमा ट्रयाक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। सडक निर्माण […]

राष्ट्रपतिद्वारा शुक्रबार राति १२ बजेदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही असोज १६ गते राति १२ः०० बजेदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलेले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही असोज १३ गतेको सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा […]

निजामती सेवा विधेयकसंसद्‌मा दर्ता,के-के छन् नयाँ व्यवस्था? (पूर्णपाठ)

काठमाडौं । सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलद्वारा सङ्घीय संसद् सचिवालयमा दर्ता गराइएको छ। सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्धलाई व्यवस्थित गर्दै निजामती प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त, व्यावसायिक र जनमुखी बनाउने उद्देश्यका साथ यो विधेयक ल्याइएको हो। […]

नियमित अनुगमन प्रतिवेदन अनिवार्य पेस गर्न दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको आदेश

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी माग गरेका छण् । टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको बारे उपभोक्ताको गुनासो नघटेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले आज नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारका विषयमा जानकारी लिएको हो । साथै […]

रासायनिक मलको खरिदका लागि अध्ययन कार्यदल गठन

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) का विज्ञहरू […]