नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछि सर्‍यो: असोज १८ गते खुलामञ्चमा उद्घाटन हुने

काठमाडौं । देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र बाढीपहिरोका कारण उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गर्दै नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछाडि सारेको छ। पार्टीको केन्द्रीय निर्वाचन समिति तथा तहगत कार्यसमितिहरूबाट प्राप्त जानकारी अनुसार केही प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेकाले यसअघि असोज […]

प्रधानमन्त्री शाहले गरे भारतीय राजदूतसँग बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय राजदूत नविन श्रीवास्तवसँग बिदाइ भेट गरेका छन् । ​नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर सम्माननीय प्रधानमन्त्रीसँग भेट गरेका हुन। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गरे । पछिल्लो पटक रसुवा बाढी लगायतका विपद्मा […]

अध्यादेश निष्कृय भएपछि कानुनी शून्यता हटाउन विधेयक ल्याइएको हो: कानुनमन्त्री गौतम

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले छलफलमा उठेका प्रश्नहरूको उत्तर दिँदै निष्क्रिय अध्यादेशका कारण उत्पन्न कानुनी शून्यता अन्त्य गर्न विधेयक पेश गरिएको स्पष्ट पारेकी छन्। सदनलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपाल सरकारले नेपालको संविधानको धारा ११४ बमोजिम सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी […]

बाढी क्षतिको बीमा दाबी करिब २१ अर्ब, दाबी भुक्तानी सुरु

काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको भौतिक क्षतिको प्रारम्भिक बीमा दाबी रकम २० अर्ब ९८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार असोज १२ गतेसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा कुल २ हजार १८० वटा दाबी दर्ता भइसकेका छन्। बाढी प्रभावित बीमितहरूलाई हालसम्म चारवटा निर्जीवन बीमा […]

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौं । शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन् । विभागका सूचना अधिकारी सुरज घिमिरेले १८ हिमाल आरोहणका लागि ४७४ पुरुष र १६३ महिलाले आरोहण अनुमति लिएको जानकारी […]

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्कँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूसहित आज बिहानै न्यूयोर्कस्थित जोन् एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै काठमाडौँका लागि प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूत  दधिराम भण्डारी तथा नियोगका अधिकारीहरूले परराष्ट्रमन्त्री खनाललाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका  थिए।  

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई […]

विराट एग्री लिमिटेडले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त

काठमाडौं । विराट एग्री लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नको लागि  संस्थागत परामर्श सेवा सहित एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। इटहरी – १३, सुनसरीमा रहेको  यस कम्पनी नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक तथा दिगो ढाँचामा विकास गर्ने उद्देश्यले स्थापना भएको हो । कम्पनीले मोरङ र सुनसरी […]

विद्युत् प्राधिकरणको हिउँदे कार्ययोजना : आन्तरिक उत्पादनले नधान्ने भएसँगै हजार मेगावाट बढी भारतबाट आयात गर्ने

काठमाडौं । आगामी हिउँद याम पुसदेखि वैशाखसम्ममा देशभित्रको विद्युत् माग र आपूर्तिलाई सन्तुलित बनाउन नेपाल विद्युत् प्राधिकरणले २ हजार ३७२.७७ मेगावाट बराबरको विद्युत् उपलब्ध गराउने गरी हिउँदे कार्ययोजना तयार पारेको छ। हाल प्रणालीमा ३,७३९.४० मेगावाट कुल जडित क्षमता रहेकोमा आगामी मङ्सिर २०८३ सम्म थप ३२०.६० मेगावाट जोडिएर कुल क्षमता ४,०६० मेगावाट पुग्ने अनुमान गरिएको छ। […]

न्यायपालिकालाई लिएर विवाद चलिरहँदा पूर्वप्रधानमन्त्री भट्टराईले भने -झुत्रेझाम्रेलाई सजाय र सुकिलामुकिलाले निर्दोष ठहर्ने स्थिति छ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै पछि हट्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान न्यायिक प्रणालीका सीमा र विद्यमान विकृतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। लोकतन्त्रमा हरेक कार्य विधिसम्मत हुनुपर्ने मान्यतालाई स्वीकार गर्दै उनले […]