लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि ट्राफिक प्रहरीले उक्त नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउन लागेको हो। लामो दूरीका सवारीसाधनमा दुई चालक राख्नुपर्ने विद्यमान नियमलाई प्रभावकारी […]

भृकुटीमण्डपमा TVS को ‘महा एक्सचेन्ज’ मेला सुरु

काठमाडौं । नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौँको भृकुटीमण्डपमा “अचम्मैको महा EXCHANGE” मेला शुभारम्भ गरेको छ। आगामी असोज १८ गते (४ अक्टोबर) सम्म सञ्चालन हुने उक्त मेलामा जगदम्बा मोटर्सले TVS का दुई नयाँ प्रविधियुक्त सवारी साधन TVS NTORQ 150 र TVS Apache RTR 200 4V Projector Headlamp with USD को भव्य […]

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू: स्टक ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड  ले अर्थ मन्त्रालयको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ बमोजिम धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी, प्रविधिमैत्री र संस्थागत रूपमा सुदृढ बनाउन ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको छ। यस नयाँ नीतिअनुसार ब्रोकरहरूलाई उनीहरूको पूँजी, जोखिम वहन क्षमता र सेवा विविधीकरणका आधारमा धितोपत्र व्यापारी (श्रेणी ‘क’), पूर्ण सेवा धितोपत्र […]

सर्वोच्चबाट धरौटीमा छुटेका व्यवसायी शंकरलाल अग्रवाल विशेष अदालतको आदेशपछि पुनः थुनामा

काठमाडौं । व्यवसायी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ । मंगलबार विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा न्यायाधीशद्वय हेमन्त रावल र विदूर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा अग्रवाललाई थुनामा पठाउने आदेश दिएको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अग्रवाल अदालतमा उपस्थित भई दिएको निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतले उनलाई […]

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं । पछिल्लो समय किसान सूचीकरण अभियानले गति लिएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब तीन लाख किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन् । हालसम्म देशभर जम्मा २६ लाख ७९ हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन् । किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै […]

सञ्चारमन्त्री डा. तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन जाने पूर्व निर्धारित भ्रमण स्थगित गरेका छन्। सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको थियो। उनी सेप्टेम्बर ३० देखि अक्टोबर ९, २०२६ सम्म सिओलमा हुने कार्यक्रमका लागि कोरिया […]

अष्ट्रेलियाको ब्याजदर १५ वर्षयताकै उच्च

मेलबर्न । अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षयताकै उच्च बनाएको छ । अष्ट्रेलियाको केन्द्रीय बैङ्क (आरबीआई)ले मध्यपूर्वमा बढ्दो द्वन्द्व र उच्च विश्वव्यापी ऊर्जा मूल्यलाई उद्धृत गर्दै नगद दर २५ आधार अङ्कले बढाएर ४.६ प्रतिशत बनाएको जनाइएको छ । बैङ्कले मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वव्यापी तेल […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णयहरू

काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । बैठकले ६ वटा मुख्य निर्णयहरू गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– –अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार […]

चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको हो : सस्मित पोखरेल

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको जिकिर गरे ।

सुनचाँदी बेच्नको लागि नागरिकता, राष्ट्रिय परिचय पत्र वा लाइसेन्स अनिवार्य

काठमाडौं । सरकारले सुनचाँदी तथा यसका गरगहना बिक्री गर्न चाहने ग्राहकका लागि परिचयपत्रको अनिवार्य गरेको छ । ग्राहकले खरिद गरेको सुनचाँदी तथा यसका गरगहना बिक्री गर्दा अनिवार्य रुपमा आफनो परिचय खुल्ने, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र लगायतका कागजात अनिवार्य गरेको हो । आन्तरिक राजस्व विभागले ‘सिप प्रवद्र्धन शुल्क सम्बन्धी कार्यविधि, २०८३’ जारी गर्दै […]