कालिका पावर कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  कालिका पावर कम्पनीको ६ लाख ५३ हजार ७६४.६५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । गत वर्ष को नाफा बाट ७ प्रतिशत बोनस सेयर दिएको हो ।  उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन

काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो। एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकबाट एक/एक जना उपाध्यक्ष रहने प्रावधान छ। […]

आहा काठमाडौं नजिकैको झरना (फोटोफिचर)

काठमाडौं । काठमाडौं दक्षिण क्षेत्र दक्षिणकाली नगरपालिका वडा नम्बर २ हात्तीवनस्थित रहेको झरना । वर्षाको समयमा मुल फुट्ने हुँदा झरनामा पानी धेरै देखिन्छ भने सुख्खा याममा थोरै पानी देखिन्छ । असोज ८ देखिको निरन्तर वर्षासँगै सो झरनामा पानीको परिमाण बढेको हो । यो सँगै झरनामा पर्यटकहरुले तस्बिर खिचाउने गरेका छन् । सबै तस्बिर : इक्विटी नेपाल […]

नेप्सेमा दुइ बैंकको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचनज (नेप्से) मा नबिल बैंकको ‍५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीले मंगलबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४३९.९५ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार सेयर कारोबार खुला हुनेछ । […]

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३६३ वटा कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम ७३ करोड ९ लाख रुपैयाँले घटेको हो। सोमबार कारोबार रकम […]

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षामा जोड

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। विश्वविद्यालयले आगामी वर्ष कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स, साइबर सेक्युरिटी र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ […]

नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष श्रीमती प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो […]

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा।  जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। समितिका अनुसार लालपुर्जा प्राप्त गर्ने यी परिवारहरू २०४७ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका थिए। लामो समयदेखि अव्यवस्थित रूपमा […]

भारतको निजी क्षेत्रको पीएमआई सेप्टेम्बरमा बढेर ५६.५ पुग्यो, उत्पादन क्षेत्रले गर्यो नेतृत्व

काठमाडौं । एचएसबीसी  फ्ल्यास इन्डिया पीएमआईले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार उत्पादन र नयाँ अर्डरमा भएको वृद्धिले व्यापारिक अवस्थालाई मजबुत बनाउँदा सेप्टेम्बर महिनामा भारतको निजी क्षेत्रको गतिविधि सुदृढ भएको छ। एचएसबीसी फ्ल्यास इन्डिया पर्चेजिङ म्यानेजर्स इन्डेक्स  कम्पोजिट आउटपुट इन्डेक्स अगस्टको ५४.३ बाट बढेर सेप्टेम्बरमा ५६.५ पुगेको छ, जुन जुन महिनापछिकै निजी क्षेत्रको गतिविधिको सबैभन्दा तीव्र विस्तार […]

काठमाडौंको दुई दर्जन बढी ‘प्राइम लोकेशन’ को हडपेको सरकारी जग्गा फिर्ता, कुल ४७१ भन्दा बढी रोपनी फिर्ता

काठमाडौं । सरकारले काठमाडौंको दुई दर्जन बढी ‘प्राइम लोकेशन’ मा व्यक्ति तथा संस्थाले हडपेको सार्वजनिक तथा सरकारी जग्गा फिर्ता ल्याएको छ । काठमाडौंका विभिन्न २९ वटा भन्दा बढी स्थानमा रहेको २ लाख ४० हजार ८ वर्गमटिर (४७१.९९ रोपनी) सरकारी जग्गा फिर्ता ल्याएको हो । काठमाडौं महानगरपालिकका अनुसार महानगर क्षेत्रभित्र रहेको सरकारी जग्गा विभिन्न व्यक्ति, समाज […]