काठमाडौं । ट्रेड टावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीनको आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद नाफामा उल्लेखनीय प्रगति भएको छ।
कम्पनीले असोज मसान्तसम्ममा कुल २५ लाख ९५ हजार १२६ रुपैयाँ कमएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा १७ लाख ७३ हजार रुपैयाँ मात्र रहेको थियो। यस हिसाबले अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद नाफा ४६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.११ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.४२ रुपैयाँ कायम भएको छ। त्यस्तै, कम्पनीको तरल अनुपात (करन्ट रेसियो) १.३० रहेको छ। कम्पनीको कुल चुक्ता पुँजी ८१ करोड ५६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ४५ लाख ६३ हजार रुपैयाँ सञ्चित छ।
कम्पनीले आफ्नो व्यवसाय सञ्चालनका क्रममा नियमनकारी निकायका सबै नियम र निर्देशनहरू पालना गरिरहेको जनाएको छ। अन्तर्राष्ट्रिय तथा आन्तरिक रूपमा आउन सक्ने सामान्य आर्थिक उतारचढाव बाहेक हाल व्यवसायमा कुनै ठूलो नकारात्मक असर नपरेको र आगामी दिनमा संस्थागत सुशासन तथा सेवाको गुणस्तरलाई अझ सुदृढ गर्दै लगिने कम्पनी व्यवस्थापनले स्पष्ट पारेको छ।



