Global College

अन्तिम समयमा नेप्से सकारात्मक, कारोबार रकम भने घट्यो

काठमाडौं । शुक्रबार नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३३६ वटा कम्पनीको १ करोड ७ लाख १३ हजार ८४२ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम १ अर्ब २६ करोड रुपैयाँले घटेको छ। विहीबार कारोबार रकम ४ अर्ब ७२ करोड २२ लाख   रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.१८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले बढेको छ।

यस दिन १२  उप समूह बढेका छन् भने १ घटेका छन्। बैंकिङ ०.०९ प्रतिशतले,विकास बैंक ०.२६, वित्त ०.०३, होटल्स तथा पर्यटन समूह ०.०४, जलविद्युत ०.२५, लगानी ०.२३, जीवन बीमा ०.३५, उत्पादन र प्रशोधन ०.१०, लघुवित्त ०.०८, म्युअुचल फण्ड ०.५३ निर्जीवन बीमा ०.६५ र व्यापार समूह ०.०८ प्रतिशतले बढेका छन्। अन्य समूह ०.८८ प्रतिशतले घटेको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक १४.०८ प्रतिशत बढेको छ। त्यस्तै, बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको घोराही सिमेन्ट इण्डष्ट्रीको शेयरमूल्य यस दिन सर्वाधिक ४.४३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन घोराही सिमेन्ट इण्डष्ट्री पहिलो स्थानमा रहेको छ। सो कम्पनीको २१ करोड ६३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

NECO

Leave Your Comment

Related News