डलर र पाउण्डको मूल्य घट्यो, युरोको बढ्दा कुन देशको विनियमदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा रहेको थियो । त्यस्तै […]

युद्धको असरले इरानी मुद्रा रियाल कमजोर बन्दै

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा फेरि कमजोर भएको छ । मंगलबार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको थियो । यो रियालको अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्था हो । यसअघि सेप्टेम्बर २ मा एक अमेरिकी डलर बराबर २२ लाख रियाल पुगेको थियो । त्यसको २७ […]

लक्ष्मी सनराइज क्यापिटलद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गत भदौ १० गते रसुवा लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरुका तर्फबाट २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीेका कारण प्रभावित नागरिकहरुको आवश्यकता सम्बोधन […]

विद्युत प्राधिकरणले बर्षायाममा भारतलाई ८६ मेगावाट विद्युत बिक्री गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने भएको छ । वर्षायामका महिनाहरुमा आफ्ना ग्राहकहरुलाई विक्री गरी बढी हुने जगेडा विद्युत भारतीय विद्युत व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्स्चेन्ज माध्यमबाट भारतीय विद्युत बजारमा बिक्री गर्ने निर्णय भएको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए । शाहीकाअनुसार विद्युत खरिद/विक्री […]

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ३ अर्ब २० करोड घाटा

काठमाडौं । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थिति लाई मध्यनजर गर्दै सञ्चालक समितिको निर्णयअनुसार असोज १५ गते देखि लागू हुने गरी साविकको मूल्य नै कायम राखिएको हो । […]

भोटेकोशी बाढी: अब ‘खोज तथा उद्धार’बाट ‘खोज तथा पुनर्स्थापना’को चरणमा जाने निर्णय

काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले भोटेकोशी बाढीपछिको कार्यलाई ‘खोज तथा उद्धार’  बाट ‘खोज तथा पुनर्स्थापना’ को चरणमा लैजाने निर्णय गरेको छ। बैठकले अत्यावश्यक स्थानहरूमा खोजी कार्य जारी राख्दै वेपत्ता व्यक्तिहरूको विवरण स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमार्फत प्रमाणित गरी प्राधिकरणमा पठाउन निर्देशन दिएको छ। […]

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आईएसओ प्रमाणीकरण नवीकरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक ISO/IEC 27001:2022 को प्रमाणीकरण नवीकरण गरेको छ। यस नवीकरणले बीमित, ग्राहक तथा सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रति कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। ISO/IEC 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणाली अर्थात् Information Security Management System (ISMS) सम्बन्धी […]

दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

काठमाडौं । रमाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको संस्कृति, स्वाद, प्रतिभा, स्थानीय उत्पादन तथा आफ्ना मानिसहरूको उत्सव मनाउने तरिकासहितको पाँचदिने दशैं होम कमिङ कार्निभल आयोजना गर्ने भएको छ। Drishya See the Unseen को सहकार्यमा आयोजना हुने यो कार्निभल अक्टोबर ६ देखि अक्टोबर १० सम्म आरिया लनमा सञ्चालन हुनेछ। यसको मुख्य आकर्षण भने अक्टोबर १० मा […]

विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार

काठमाडौं । सरकारले विकास निर्माणमा देखिएका समस्या समाधानका लागि कानुनमा आवश्यक संशोधनको तयारी गरिरहेको जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूले आज गरेकाे छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माणका लागि कानुन संशोधनको काम भइरहेको बताए । “प्रधानमन्त्रीज्यूको सोच […]

खाद्य कम्पनीले दसैँमा खसी-बोका र च्याङ्ग्रा नबेच्ने, ४४ जिल्लामा वर्षैभरि सहुलियत पसल चलाउने

काठमाडौं ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको बडादसैँमा बिक्री-वितरणका लागि मुस्ताङ तथा तिब्बतबाट खसी-बोका र च्याङ्ग्रा नल्याउने भएको छ। अघिल्ला वर्षहरूमा निरन्तर घाटा व्यहोर्नुपरेको, ढुवानी तथा व्यवस्थापनमा व्यावहारिक कठिनाइ आएको र बजेटको अभाव भएकाले कम्पनीले यसपालि जीवित चौपाया खरिद-बिक्री नगर्ने निर्णय गरेको हो। कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार जीवित चौपाया खरिद […]