संघीय निजामती सेवासम्बन्धी विद्येयक  : ३० र ५५ वर्षको प्रावधानले कर्मचारीतन्त्र त्रासमा, अध्ययन हुन बाँकी

काठमाडौं । संघीय निजामती सेवा सञ्चालन र व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले तयार पारिएको नयाँ विधेयकको मस्यौदाले कर्मचारीको अवकाश उमेरदेखि बढुवा, सरुवा र वृत्ति विकाससम्मका व्यवस्थामा परिवर्तन प्रस्ताव गरेको छ। निजामती प्रशासनको छाता कानुनका रूपमा रहेको ‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ ले कर्मचारीको विभिन्न पक्षमा परिवर्तनको प्रस्ताव गरेको हो । सो […]

बीपीसी क्रिकेट लिग २०२६ सम्पन्न, सिड च्यालेन्जर्स विजेता

काठमाडौं । ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) ले द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्थाका रूपमा सेप्टेम्बर २३ देखि २६ सम्म चार दिनसम्म चलेको बीपीसी क्रिकेट लिग २०२६ (इन्डोर)  आयोजना गरेको थियो। काठमाडौंको बुढानिलकण्ठ, चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न प्रतियोगिता एसीसीए टाइटल स्पोन्सर रहेको “एसीसीए प्रेजेन्ट्स: बीपीसी क्रिकेट लिग २०२६” का रूपमा सञ्चालन भएको थियो। प्रतियोगितामा एसीसीएका […]

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

काठमाडौं । युरोपमा विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने खर्च डिजेलबाट चल्ने सवारीसाधनमा इन्धन भर्न लाग्ने खर्चको तुलनामा औसतमा आधाभन्दा कम रहेको एक अध्ययनले देखाएको छ । ब्रसेल्सस्थित वातावरण संरक्षणसम्बन्धी संस्था ट्रान्सपोर्ट एन्ड इन्भाइरोन्मेन्टले सार्वजनिक गरेको उक्त विश्लेषणमा युरोपमा विद्युतीय सवारीसाधनको प्रयोगतर्फको रूपान्तरणलाई थप गति दिन आवश्यक रहेको उल्लेख गरिएको छ । संस्थाले सबैका लागि समान […]

पाइलटबीच कुटाकुट भएपछि फ्लाईदुबई साउदी अरब डाइभर्ट, विमान अपरहण नभएको दाबी

जेरुसेलम । संयुक्त अरब इमिरेट्सबाट इजरायलतर्फ उडेको एउटा विमान पाइलटबीच झगडा भएपछि आपत्कालीन संकेत प्रसारण गर्दै साउदी अरबतर्फ डाइभर्ट भएको एक इजरायली अधिकारीले बुधबार बताएका छन्। उक्त घटना विमान अपहरणको नभएको अधिकारीको भनाइ छ। फ्लाईदुबईको एफजेड१०७३ उडान दुबईबाट तेल अभिभतर्फ जाँदै गर्दा जोर्डनको हवाई क्षेत्रमाथिबाट साउदी अरबको दिशातर्फ मोडिएको थियो। उडानले सुरुमा सामान्य आपत्कालीन संकेत […]

पाकिस्तानको हवाई प्रतिबन्धपछि वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

काठमाडौं । पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रको प्रतिबन्ध अक्टोबर २४ सम्म विस्तार गरेपछि भारतले वैकल्पिक हवाई मार्गका लागि चीनसँग वार्ता थालेको छ । स्रोतका अनुसार भारत सरकारले चीनको सिन्जियाङस्थित होतानमाथिको हवाईमार्ग प्रयोग गर्ने विषयमा चिनियाँ पक्षसँग कुराकानी गरिरहेको छ । भारतको विदेश मन्त्रालयले सम्बन्धित विषयमा आफ्ना चिनियाँ समकक्षीसँग लामो समयदेखि छलफल गरिरहेको स्रोतले […]

सेयर बजार र लगानी उपकरणका लागि कानुन सक्षम छ : निमित्त सीईओ सुवेदी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीलाधर सुवेदीले हाल कायम रहेको कानुनी व्यवस्थाले सेयर बजार र लगानी उपकरणको कारोबार सञ्चालन गर्न नेप्से सक्षम रहेको बताएका छन्। अर्थ समितिमा भएको पुँजीबजारसम्बन्धी छलफलमा उनले नेप्सेमा इक्विटी, म्युचुअल फण्ड, डिबेन्चरलगायतका उपकरणको कारोबार हुँदै आएको जानकारी दिए। साथै, ओटीसी (ओभर द काउन्टर) बजारसमेत […]

प्रिमियर लिगको आरोप अस्वीकार गर्दै मानचेस्टर सिटी,‘कानुनी र नियामक निकायमा लड्न तयार छौँ’

काठमाडौं ।  इङ्लिस प्रिमियर लिगले लगाएका वित्तीय नियम उल्लङ्घनका आरोपहरूमा मानचेस्टर सिटीले आफ्नो निर्दोषिता दोहोर्याउँदै कानुनी रूपमा कडा चुनौती दिने घोषणा गरेको छ। प्रिमियर लिग कमिसनको निर्णयप्रति निराशा व्यक्त गर्दै क्लबले आफूमाथि गरिएका आरोपहरू पूर्ण रूपमा निराधार रहेको र आफ्ना दाबीहरूलाई पुष्टि गर्ने अकाट्य प्रमाणहरू सुरक्षित रहेको जनाएको छ।  विज्ञप्ति जारी गर्दै मानचेस्टर सिटीले आवश्यक […]

आईपीओ स्वीकृति प्रक्रियालाई छिटो र पारदर्शी बनाउन धितोपत्र बोर्डले तोक्दै स्पष्ट ‘टाइमलाइन’

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियालाई छिटो-छरितो र अनुमानयोग्य बनाउन स्पष्ट ‘टाइमलाइन’ तोक्ने तयारी गरेको छ। आईपीओ निष्कासनका लागि बोर्डमा पेस हुने फाइल कुन तहमा कति समयसम्म रहने र कुन प्रक्रियाबाट अघि बढ्ने भन्ने विषयलाई स्पष्ट पार्न बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) निर्माण गर्न लागेको हो। बुधबार संघीय संसद्को अर्थ […]

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

काठमाडौं । अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ । नदील पुलको माथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बगे पनि हालसम्म तालकै रूपमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “एक्साभेटरले दुवैतर्फबाट काम गरिरहेको छ, इन्धन […]

सेयर बजार कमजोर कानुनले हाँक्दा नीतिगत भ्रष्टाचार, इन्साइडर ट्रेडिङ र दण्डहीनता बढेको हो : महासचिव कँडेल

काठमाडौं । सेयर लगानीकर्ताहरुले नेपालको सेयर बजारमा विद्यमान कानुनी रिक्तता र दुई दशक पुरानो ऐनका कारण सेयर बजारमा कुशासन मौलाएको बताएका छन् । ४६ खर्बभन्दा बढीको पुँजी बजारलाई २०६३ सालको कमजोर कानुनले हाँक्दा नीतिगत भ्रष्टाचार, इन्साइडर ट्रेडिङ र दण्डहीनता बढेको लगानीकर्ताहरूको आरोप छ। नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कँडेलले विद्यमान धितोपत्र ऐन पुँजी […]