२० वर्षपछि उदयपुरका २२ भूमिहिन दलित र ५ सुकुम्बासी परिवारले पाए लालपुर्जा

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साविकको साविक गाईघाट र देउरी (हाल त्रीयुगा वडा नं ५) २७ भूमिहिन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।जसमध्ये २२ भूमिहिन दलित र ५ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। समितिका […]

आईएमई लाइफको खुद नाफा १२.११ प्रतिशतले घट्यो, बीमाशुल्क आर्जन ४० प्रतिशतले बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घटेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १४ करोड १२ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ८३ लाख १४ हजार रुपैयाँ खुद नाफा […]

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा कागेश्वरीमा गई पूजा आजा एवं दर्शन गरेमा कागबाट सहयोग प्राप्त हुने धार्मिक विश्वास छ । यहाँ प्रत्येक वर्षको कागे अष्टमी र काग तिहारका अवसरमा भक्तजनको घुइँचो हुने गर्छ । […]

कात्तिक २४ र २५ गते उपत्यकाको फोहाेर व्यवस्थापन प्रभावित हुने

काठमाडौं । यही कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । कात्तिक २६ […]

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन विद्युत् प्राधिकरणको विशेष तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ । तिहार तथा छठ पर्वका […]

लाइफ इन्स्योरेन्स कर्पोरेसनको बीमाशुल्क आर्जन ९.५७ प्रतिशतले बढ्यो,५ अर्ब ४३ करोड बीमाशुल्क आर्जन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा  कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने वृद्धि देखिएको छ। समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ रहेको थियो। यसअनुसार खुद […]

पशुपन्छीसँगकाे आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो रहेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘यमपञ्चकको पहिलो दिन तथा काग तिहारको अवसरमा आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना आज हामी यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्छौँ। घरको आँगनमा काग कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्दै खबरको […]

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

पोखरा । तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन् । बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ । दसैँको तुलनामा तिहारमा कम सङ्ख्यामा भेँडाच्याङ्ग्रा ल्याउने गरिन्छ । मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङले तिहारका लागि ७०० च्याङ्ग्रा पोखरा भित्रिएको बताए । “मुस्ताङबाट बाहिरिएका एक हजार २०० च्याङ्ग्रामध्ये ५०० काठमाडौँ […]

एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । प्रतियोगितामा अपराजित लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ ४ अंकसहित तालिकाको चौथो स्थानमा छ ।यसअघि हिजो दुई खेल भएकोमा पोखरा एभेन्जर्स […]

सरकार र डा. गोविन्द केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गरी गएराति अनशन तोडाएका छन् । डा. केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको […]